काठमाडौं । चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी भेलिमोटरले इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले चिनियाँ बजारमा भीएमएक्स १० एस एड्भेन्चर टूरर सेग्मेन्टमा सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको मोटरसाइकलले १५० किलोमिटर रेन्ज दिने दावी कम्पनीको छ । भेलिमोटर भीएमएक्स १० एसमा ७२ भोल्ट ५८ एम्यिरआवरको ब्याट्री प्याक दिइएको छ ।
कम्पनीले यसमा १२ किलोवाट क्षमताको ब्रसलेस डीसी मोटर जडान गरिएको छ । यसले प्रतिघन्टा १२० किलोमिटरको रफ्ता पकड्न सक्छ ।
भेलिमोटर भीएमएक्स १० एस उच्चस्तरिय फिचरसहितको इलेक्ट्रीक मोटरसाइकल हो । यसमा क्लासीक डूअल स्पोर्टस ट्यूवलर स्टील फ्रेमका साथै यूएसडी फर्क दिइएको छ । यसमा अनरोड र अफरोड दुबैका लागि सुहाउदो वायर स्पोक ह्वील पाउन सकिने छ ।
यो एड्भेन्चर मोटरसाइकलमा एलइडी लाइटका साथै डिजिटल इन्फर्मेशन डिस्प्ले पाउन सकिन्छ । कम्पनीले मोटरसाइकल र ब्याट्रीलाई वाटरप्रुफ स्ट्याण्डर्डमा तयार पारेको छ ।
कम्पनीले यसको मूल्य २ हजार ७८० यूएस डलर तोकेको छ । करिब ३ लाख ६१ हजार नेपाली रुपैयाँ मूल्य तोकेको हो ।


