भारतमा हुन्डाई एक्सटरको बुकिङ खुल्ला

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा इन्ट्री लेभल एसयूभी एक्सटरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले आजबाट यो एसयूभीको आधिकारीक रुपमा बुकिङ खुल्ला गरेको हो ।

हुन्डाई एक्सटर ईएक्स, एस, एसएक्स, एसएक्स(ओ), एसएक्स(ओ) कनेक्ट गरी विभीन्न पाँच भेरियन्टमा उपलब्ध हुनेछ । यसमा गियरबक्स पनि तीन अप्सनमा पाउन सकिन्छ । जसअन्तर्गत, यसमा फाइभ स्पीड म्यानुअल गियरबक्स सहितको १.२ लिटर कप्पा पेट्रोल इन्जिन, स्मार्ट अटो एमटी र फाइभ स्पीड म्यानुअल गियरबक्स रहेको छ ।

कम्पनीको कप्पा इन्जिन निकै चर्चित इन्जिन हो । यहि इन्जिन आई २०, भेन्यू, आई १० लगायतका मोडलमा प्रयोग भएको छ । उक्त इन्जिनले जुनसुकै अवस्थामा पनि रोचक ड्राइभिङ अनुभब प्रदान गर्ने हुन्डाईले बताएको छ ।

विशेषगरी नयाँ पुस्ताका चालकलाई लक्षित गर्दै बजारमा आएको एक्सटर उत्कृष्ट प्रविधि र एड्भान्स फिचरको फ्यूजन मोडल हो । यसले हरेक यूवालाई नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

हुन्डाई एक्स्टर एसयूभी कस्मिक ब्लु र रेन्जर खाकीसहित विभिन्न ६ सिङ्गल टोन र तीनवटा डुअल टोन गरी ९ कलर अप्सनमा उपलब्ध हुनेछ । ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा बनेको एक्सटर निकै प्रिमियम डिजाइनमा देखिएको छ ।

हुन्डाईले एक्सटरमा स्क्वायर आकारको प्रोजेक्टर हेडल्याम्प, एच आकारमा दिइएको एलइडी डे टाइम रनिङ लाइट, निकै स्टाइलिस फ्रन्ट फेसिया, बानेटमा दिइएको इम्बेड हुन्डाईको लोगोले यसलाई कम्पनीकै कम मूल्यका अन्य एसयूभीभन्दा फरक देखाएको छ ।

तल्लो बम्परमा दिइएको एयर इन्टेक, स्कीड प्लेट, कालो कलरमा दिइएको फ्रन्ट ग्रिल, वाई आकारको अलोय ह्वील, कालो कलरमा दिइएको रुफरेल, ओआरभीएममा दिइएको टर्न इन्डिकेटर, एच आकारमै दिइएको टेल लाइट, दुईवटा एग्जस्ट पाइप दिएको छ ।

हुन्डाईले यसको मूल्यको विषयमा अहिले कुनै जानकारी दिएको छैन । अहिले भारतमा ११ हजार भारतीय रुपैयाँ तिरेर ग्राहकले बुकिङ गर्न सक्नेछन् ।


Back_to_top