पार्किङ अभावले जन्माएको फोल्ड गर्न मिल्ने कार

संसारभर सडक र पार्किङको समस्या जहाँपनि रहेको छ । अझै नेपाल भारत जस्ता देशमा त पार्किङ चुनौति नै बनिरहेको छ । 

दिल्ली, मुम्बइजस्ता सहरमा पार्किङको बिषयलाई लिएर झगडा हुने गरेको समाचार निकै सुन्न र पढ्न पाइने गरेको छ ।  

यस्तै समस्याबाट मुक्ति खोज्ने क्रममा एक इजरायली युवाले फोल्ड एबल कार बनाएका छन् । 

इजरायलको तेल अवीबमा कुनै एक स्थानबाट अर्को स्थानमा जान १० मिनेट समय लाग्छ भने पार्किङ गर्नको लागी आधा घन्टासम्म कुर्नु पर्ने अबस्था रहेको छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागी उद्यमी असफ फोरमोजा र उदी मेरीडोरले मिलेर फोल्ड एबल कार निर्माण गरेका हुन् ।

यी दुइ जना मिलेर २०१४ मा सिटी ट्रान्सर्फमर लिमिटेड नामक कम्पनी स्थापना गरेका थिए । कम्पनीले धेरै मेहनतका बाबजुद एक अल्ट्रालाइट भेहिकल विकसित गरेको थिए । 

जसको चेचिसमा रहेको एक बटनको मद्धतले कार फोल्ड गर्न सकिने छ । एउटा साधारण कार पार्किङ गर्ने स्थानमा यसरी फोल्ड गरिएको ५ ओटा अल्ट्रालाइट कार पार्किङ गर्न सकिने उनिहरुले दबी गरेको छ । कम्पनी यो कार उत्पादनलाई अन्तिम रुप दिने तयारी गरिरहेको छ । 

टेक म्यागाजिनका अनुसार यस कार उतपादन गर्ने कार्य भइरहेको छ । यसलाई सडकमा फोल्ड गरेर पनि चलाउन सकिने म्याग्जीनले दाबी गरेको छ । 

फोल्ड गरिएको समयमा यो कार ४५ किलोमिटर प्रतिघन्टा र सामान्य अबस्थामा ९० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुदाउन सकिन्छ ।  

कम्पनीका अनुसार यो कार बजारमा आउन अझै २ बर्ष लाग्ने छ ।  यसको लागि नियामकहरुसँग छलफल चलिरहेको जनाएको छ ।


Back_to_top