‘नेक्सन म्याक्स’को सिधा प्रतिस्पर्धी जेडएस ईभीको कम्फर्ट भेरियन्ट

काठमाडौं । आज साँझ सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्स सार्वजनिक गर्दैछ । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सनको म्याक्स मोडल मूल्यको हिसावले एमजी जेडएस ईभीको कम्फर्ट भेरियन्टसँग प्रतिस्पर्धा हुने भएको हो ।

गाडीको साइज र ब्याट्री साइजमा जेडएस ईभी नेक्सनभन्दा ठूलो छ भने फिचरको हिसावले नेक्सन म्याक्सको टप भेरियन्टमा धेरै छ । मुख्यत नेक्सन म्याक्समा सनरुफ छ भने जेडएसको कम्फर्ट भेरियन्टमा सनरुफ छैन । तर, मूल्यको हिसावले यी दुबैको समान हुन सक्ने देखिन्छ ।

टाटाले अहिलेसम्म नेक्सन म्याक्सको मूल्य सार्वजनिक गरेको छैन । एमजी जेडएस कम्फर्ट भेरियन्टको मूल्य भने ४८ लाख ४९ हजार निर्धारण गरिएको छ । सम्भवत यहि मूल्यको वरिपरी रहेर टाटाले पनि मूल्य निर्धारण गर्नेछ ।

टाटाको सफल ईभी नेक्सनको म्याक्स मोडलमा ४० किलोवाट आवरको ब्याट्री छ भने जेडएस ईभी स्टायडर्ड रेन्जमा ५१ किलोवाट आवरको ब्याट्री रहेको छ । मोटर पावर दुबै मोडलमा १०० किलोवाटभन्दा केही कम रहने छ ।

एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्स र टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ दुबै ग्राहक सेवालाई ध्यानमा राख्दै तिव्र सर्भिस विस्तारमा लागेका कम्पनी हुन् । दुबै ब्राण्डले ईभीलाई ध्यानमा राखेर सर्भिस सेन्टर निर्माण गरेका छन् ।

फास्ट चार्जरको विस्तारमा पनि यी दुबै कम्पनी निकै आक्रमक तरिकाले लागेका छन् । टाटाले करिब २ दर्जन स्थानमा चार्जर राख्दा एमजीले एक दर्जन स्थानमा चार्जर जडान गरिसकेको छ ।

उत्पादन, सर्भिस र चार्जिङ नेटवर्क विस्तारमा यी दुई कम्पनी बीच देखिएको प्रतिस्पर्धाले आगामी दिनमा ईभी प्रयोग गर्न चाहनेले थप गुणसतरिय सेवा पाउने कुरामा दुईमत छैन । तर, नेक्सन म्याक्स र जेडएस ईभीको कम्फर्ट भेरियन्टको प्रतिस्पर्धा भने निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top