काठमाडौं । एमजीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्सले ९९ किलोवाट क्षमताको मोटर भएको जेडएस ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले विभिन्न दुई भेरियन्टमा ल्याएको जेडएस ईभीको डेलिभरी सुरु गरेको हो ।
कम्पनीले ९९ किलोवाट क्षमताको मोटर जडान भएको जेडएस ईभीको कम्फर्ट र लग्जरी दुई भेरियन्ट नेपाल ल्याएको छ । यी दुई भेरियन्टमा ४ लाख रुपैयाँको फरक गरिएको छ । कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार र लग्जरी भेरियन्टको मूल्य ५२ लाख ४९ हजार तोकिएको छ ।
दुई भेरियन्ट मध्ये सस्तो भेरियन्ट कम्फर्टमा शनरुफ, भेन्टीलेटेड तथा हिटेड सिट र लेदरेट सिट छैन । कम्पनीले विक्री सुरु गरेको स्ट्याण्डर्ड मोडलको एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ । जुन पुरानो जेडएस ईभीमा भन्दा ठूलो साइजको हो । पुरानो जेडएस ईभीमा ४४.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको थियो ।


