काठमाडौं । प्रविधिको विकाससँगै मोटरसाइकलमा पनि धेरै नविन खोजहरु भइरहेका छन् । मोटरसाइकल उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनलाई अन्यभन्दा फरक र उत्कृष्ट बनाउन विभिन्न ‘इनोभेसन’हरु गर्दै आएका छन् ।
मोटरसाइकललाई सुरक्षीत बनाउन डिस्क ब्रेक, एबीएस जस्ता फिचरहरु सन् १९७० तीर करिब ५० वर्ष पहिल्यै आइसकेका थिए । यसका अलावा मोटरसाइकललाई सुरक्षीत र चलाउन सहज बनाउने अभिप्रायले पछिल्ला वर्षहरुमा थुप्रै नयाँ फिचरको विकास भएका छन् ।
पछिल्ला दुई दशकमा विकास भएका मुख्य चार फिचरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
राइड वाइ वायर
राइड वाइ वायर २००६ मा यामाहाले पहिलो पटक आफ्नो मोटरसाइकलमा प्रयोग गरेको थियो । राइड वाइ वायर चालकले अचानक गर्ने थ्रोटलले पैदा गर्ने हावाको फ्रलोलाई रोक्न यो टेक्नोलोजी प्रयोग गरिएको थियो । पछिल्लो समय प्रिमियम मोटरसाइकलहरुमा राइड वाइ वायर टेक्नोलोजीको प्रयोग हुँदै आएको छ ।
हिल स्टार्ट एसिस्ट
धेरै जसो कारमा प्रयोग हुने गरेको यो टेक्नोलोजी पछिल्लो समय मोटरसाइकलमा समेत प्रयोग हुन थालेको छ । बीएमडब्लूले विग एड्भेन्चर मोटरसाइकलमा यस्तो टेक्नोलोजीको प्रयोग गरेको छ । धेरै तौल भएका मोटरसाइकलहरु भिरालो स्थानमा रोक्नु पर्दा यो टेक्नोलोजीले मद्धत गर्छ ।
एयरब्याग ज्याकेट
एयरब्याग ज्याकेट मोटरसाइकलको लागि गरिएको इनोभेशन नभएता पनि मोटरसाइकल चालकको सुरक्षाको लागि गरिएको खोज हो । एयरब्याग भेष्टको प्रयोग मोटोजीपीमा गरिदै आएको छ । ग्राहकले अब एयरब्याग ज्याकेट खरिद गरेर पनि प्रयोग गर्न सक्नेछन् । यसले दुर्घटना हुँदा हुने क्षतीलाई कम गर्छ ।
सुपर चार्जर
सुपर चार्जर कावासाकीले निर्माण गरेको नयाँ टेक्नोलोजी हो । सुपर चार्जर कम्पोनेन्ट मोटरसाइकलको इन्जिन भित्र राखिन्छ । यसले इन्जिनको पावरले ज्यादा एयर पम्प गरेर सिलिन्डरमा पठाउँछ र यसले गर्दा धेरै फ्यूल वर्न हुन्छ । त्यसकै सहायताले मोटरसाइकलको पावर बढ्न जान्छ । यो टेक्नोलोजी सबैभन्दा धेरै स्पीड भएको मोटरसाइकल एच २ मा प्रयोग गरिएको छ ।

