काठमाडौं । लोकप्रिय प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएम इन्डियाले भारत टू नेपाल इन्टरनेशनल एड्भेन्चर राइड गर्ने भएको छ ।
केटीएम इन्डियाले आफ्नो पहिलो इन्टरनेशनल एड्भेन्चर राइड भारतको उत्तरु प्रदेशको गोरखपुरदेखि नेपालको अपर मुस्ताङसम्म गर्ने भएको हो ।
केटीएमले उक्त एड्भेन्चर राइड जेठ १३ देखि २५ गतेसम्म गर्ने भएको हो । उक्त एड्भेन्चर राइड भारतको गोरखपुरबाट सुरू भई काठमाडौं, पोखरा, लेते, जोमसोम, लोमाङथाङ, नुप्रापास, समर, मुक्तिनाथ, तातोपानी, पोखरा हुँदै गोरखपुर पुगेर समापन हुने एड्भेन्चर राइडका अध्यक्ष सुमित नारङले बताएका छन् ।
एड्भेन्चर राइडमा २० वटा मोटरसाइकल सहभागी हुने छन् । राइडरले १३ दिनमा १ हजार ५०० किलोमिटर ९अनरोड र अफरोड० यात्रा गर्ने छन् ।
केटीएमले अफरोडमा राइडरको यात्रा सहज बनाउन अफरोड विषेशज्ञहरू पनि सँगै लैजाने जानकारी दिएको छ ।
अध्यक्ष नारङले केटीएमका ग्राहकलाई पूर्णरूपमा बाइकिङ क्षमता महसुस गराउन, जस्तोसुकै भूभागमा पनि चलाउन सकिने र अफरोड उत्कृष्ट अनुभव प्रदान गर्ने मोटरसाइकल चलाउँदै हुनुहुन्छ भन्ने अनुभूत गराउन इन्टरनेशनल राइड आयोजना गरिएको बताए ।
‘हामीले यो राइडबाट मोटरसाइकल र मानिस दुवैको क्षमता परीक्षण गर्ने वाचा समेत गरेका छौं । हामी विश्वस्त छौं कि यो राइड सफलतापूर्वक सम्मन्न हुनेछ,’ उनले भने ।


