काठमाडौं । यामाहाले आफ्नो सबैभन्दा सस्तो स्पोर्टस् बाइकको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले आर १५ भी फोरको नयाँ भर्सन भारतीय बजारमा ल्याएको हो ।
यामाहा इन्डियाले आफ्नो चर्चित मोटरसाइकल आर १५ भी ४ लाई डार्क नाइट भेरियन्टमा ल्याएको हो । कलर बाहेक कम्पनीले नयाँ मोटरसाइकलमा अन्य फिचर भने कुनै परिवर्तन गरेको छैन ।
यसअघि रातो, निलो र सेतो कलरमा समेत उपलब्ध हुँदै आएको आर १५ भी फोर अब डार्क ब्ल्याक कलरमा पनि उपलब्ध हुनेछ । अहिले नेपालमा आर १५ भी फोरको बिक्री हुँदै आएको छ ।
कम्पनीले आर १५ डार्क नाइट भर्सनमा म्याट फिनिस र गोल्ड हाइलाइट्समा अल ब्ल्याक फिनिसिङ्ग लुक्स दिएको छ । यसमा गोल्डेन अलोय ह्वील दिएको छ ।
यसमा रेगुलर मोडल कै १५५ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड भीभीए एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १८.४ बीएच पावर र १४.२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच र क्वीक सिफ्टर समेत पाउन सकिन्छ ।
यसमा सिंगल पड हेडल्याम्पका साथै डिआरएल, अल एलइडी लाइट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, ड्यूल च्यानल एबीएस, अगाडि यूएसडी फर्क, पछाडि मोनोसक सस्पेन्सन रहेको छ ।
नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको विक्री वितरण एमएडब्लू इन्टरप्राइजेजले गर्दै आएको छ । एमएडब्लूले आर १५ भी ४ डार्क नाइट मोडल नेपाली बजारमा चाँडै ल्याउने अनुमान लगाउन सकिन्छ ।


