विश्वकै धेरै बिक्री हुने ईभीमा बीवाइडीको कब्जा, टेस्लाका दुई मोडल

काठमाडौं । विश्व बजारमा इलेक्ट्रीक भेहिकलको जति चर्चा भइरहेको छ, माग र बिक्री पनि त्यहि अनुपातमा बढ्दै गएको छ । सन् २०२३ को पहिलो ३ महिनामा अघिल्लो वर्षको तुलनामा ईभीको बिक्री ३२ प्रतिशतले वृद्धि भएको छ ।

अहिले विश्वमा प्रति ७ वटा कार बिक्री हुँदा एउटा कार इलेक्ट्री बिक्री हुने गरेको छ । सन् २०२३ को पहिलो क्वाटरमा बिकी भएका न्यू इनर्जी भेहिकल मध्ये ७३ प्रतिशत हिस्सा ब्याट्री ईभीको छ । त्यस्तै २७ प्रतिशत हिस्सा प्लगइन हाइब्रिडको छ । कुल न्यू इनर्जी भेहिकलको ५६ प्रतिशत हिस्सा चीन बिक्री हुने गरेको छ ।

सन् २०२३ को पहिलो क्वाटरमा चीनमा कारको बिक्री १२ प्रतिशतले घटेपनि ईभीको बिक्री भने २९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै संसारकै दोस्रो ठूलो कार बजार अमेरिका धेरै ईभी बिक्री हुने देशको सूचीमा पनि दोस्रो स्थानमा उक्लेको छ ।

अमेरिकाले जर्मनीलाई उछिन्दै दोस्रो ठूलो इभी मार्केट बन्न सफल भएको हो । अमेरिकामा अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशतले ईभीको बजार वृद्धि भएको छ ।

मार्केट रिसर्चर काउन्टर पोइन्ट रिसर्च एजेन्सीका अनुसार विश्वमा बिक्री भएको कुल ईभीमा ३७ प्रतिशत बिक्री १० वटा मोडलले मात्रै ओगटेका छन् । टेस्ला मोडल वाई वेस्ट सेलिङ ईभी मोडल हो । दोस्रो स्थानमा पनि टेस्लाकै माडल थ्री पर्न सफल भएको छ ।

त्यसैगरी १० धेरै बिक्री हुने विद्युतीय कारको सूचीको तेस्रो स्थानमा बीवाइडी सोङ रहेको छ । सोङको बिक्रीमा भने प्योर ईभी र प्लगइन दुबै मिलाएर हो । त्यस्तै सूचीको चौथो र पाँचौ मोडल क्रमशः बीवाईडीकै एटो थ्री र क्वीन मोडल रहेका छन् ।

छैटौ धेरै बिक्री हुने ईभी मोडलमा चाइनिज कम्पनी विलिङको मिनी ईभी छ भने बीवाइडी डल्फीन सातौं धेरै बिक्री भएको मोडल हो । आठौं स्थानमा आयोनको एस मोडल परेको छ । सूचीको नवौ स्थानमा बीवाइडीकै हान मोडल पर्दा दशौ धेरै बिक्ने ईभी चांगानको लुमिन बनेको छ ।

टप टेन वेस्ट सेलिङ मोडलमा टेस्लाका दुई र बीवाइडीका ५ वटा मोडल परेका छन् ।


Back_to_top