क्यालिफोर्नियाको अटोमोबाइल कम्पनी रेजभानीले बम बारुदले कुनै असर नगर्ने मजबुद कार बजारमा ल्याएको छ । सेनाको सवारीसाधनबाट प्रेरित भएर कम्पनीले रेजभानीले बुलेटप्रुफ बी ७ लेभलको सुरक्षा प्रदान गर्ने कार निर्माण गरेको जनाएको छ ।
कारमा ६.४ लिटरको भि८ इन्जिन लगाइएको छ । यसले ७०८ हर्ष पावर उत्पादन गर्छ । कारमा फोर ह्वील ड्राइभको साथै ठूलो ह्वीलवेस र ग्राउन्ड क्लियरेन्स दिइएको छ । यस गाडीलाई सहजै अफरोड ड्राइभ गर्न सकिने कम्पनीको दाबी छ । कारमा नाइट भिजनको विशेषतासमेत दिइएको छ ।
कारको मुल्य ३ करोड २३ लाख रुपैयाँ अर्थात् २ लाख ८१ हजार डलर तोकिएको कम्पनीले जनाएको छ ।
बम हमलाको समयमा बचाउनको लागि कारको केभलरमा रेडियटर, ब्याट्री तथा फ्युल ट्यांकी लगाइएको छ । साथै कारमा माइक्रो फोन जडान गरिएको छ । यसमा लगाइएको ब्लाइन्ड लाइटसले राताको समयमा पनि राम्रो उज्यालो प्रदान गर्छ ।
यो कार ट्यांक थिममा डिजाइन गरिएको हो । संसारको सबैभन्दा महङ्गो कारको रुपमा लिइएको यो मोडलमा कस्टम सिट, गाडा रङ्ग तथा हेड अप डिस्प्लेको प्रयोग गरिएको छ । यस कारलाई संसारकै बलियो कार भएको दावी गरिएको छ ।


