के हो फियुलसेल कार, कसरी गर्छ काम ? यस्तो छ इतिहास

काठमाडौं । वेल्सका वैज्ञानिक तथा ‘जस्टीस अफ द पीश’ सर विलियम ग्रोवले सन् १८३९ मा हाइड्रोजन र हावाकाबीचमा इलेक्ट्रोकेमिकल रियाक्सन गराई विद्युत् उत्पादन गर्ने सिद्धान्तको प्रतिपादन गरेका थिए । 

उनले यसलाई ‘ग्याँस ब्याटल’ नाम दिएका थिए । तर, हामीले आजकल देखेकोजस्तो फियुलसेलबाट बिजुली उत्पादनको सम्भावना भने १९ औँ शताब्दीको मध्यसम्म रहेको थिएन । सन् १९५५ मा जनरल इलेक्ट्रीक कम्पनीका विलियम गुब्बा र लियोनार्ड निड्र्राचले पहिलोपटक हाइड्रोजन र अक्सिजन फियुल, जुन प्रोटोन एक्सचेञ्ज मेम्बरेन फियुलसेल इन्जिनको उत्पादन गरेका थिए । जसलाई अहिले सबै अटोमोवाइल कम्पनीहरुले प्रयोग गर्न सुरु गरेका छन् । यो पद्धति प्रयोग नासाले सन् १९६० मै जिमिनी प्रोजेक्टमा पावर जेनरेट गर्न प्रयोग गरेको थियो । 

फियुलसेल एक उपर्युक्त इलेक्ट्रीसिटी उत्पादान गर्ने उपकरण हो, जसले केमिकल रियाक्सनद्वारा विजुली उत्पादन गर्छ । विश्वमा धेरै प्रकारका फियुलसेल रहेका छन्, तर केमिकल रियाक्सन गराएर हाइड्रोजन र अक्सिजनको कम्विनेसनबाट बिजुली र पानीको मात्र उत्पादन गर्ने पद्धतिको चर्चा गरिरहेका छौ । जसले अन्य कुनै प्रदूषित तत्व उत्पादन गर्दैन । 

यसलाई प्रेशराइज्ड हाइड्रोजन रि–फिउलिङ्ग स्टेसनहरूमा बेचिन्छ र १० मिनेटभन्दा कम समयमा ट्याङ्की फूल गर्न सकिन्छ । 

परम्परागत गाडीहरू जुुन ग्यासोलिन वा डिजेलले चल्थे भने फिउलसेल कार र ट्रकहरू भने हाइड्रोजन र अक्सिजनको मिश्रणबाट विद्युत् उत्पादन गरि चल्छन् । पूर्णतया बिजुलीबाट चल्ने भएकोले फियुलसेल भेहिकलहरूलाई ‘इलेक्ट्रीक भेहिकल’ (ईभी) मानिन्छ । तर, ब्याट्री पावर इललेक्ट्रीक सवारीसाधनमा जस्तो नभई, यसको रेञ्ज र रिफ्यूलिङ्ग प्रोसेस भने परम्परागत कम्बस्चन इन्जिन भएका सवारीसाधनसँग तुलना गर्न योग्य रहेको छ । 

यसको अझ अर्को राम्रो पक्ष भनेको बाई–प्रडक्टको रुपमा हिट र पानीमात्र उत्पादन गर्छ, यसले कारको टेलपाइपबाट कुनै पनि प्रकारको पोलुसन वातावरणमा छोड्दैन । तर, हाइड्रोजनकै उत्पादनमा भने पोलुसन हुने जनाइएको छ । 

हाइड्रोजन फियुलसेल भेहिकलहरूको रेञ्ज र रि–फिउलिङ्ग टाइम परम्परागत भेहिकलहरूको जत्तिकै रहेको र साथसाथै यसले ईभीको जस्तो वातावरणीय फाइदा पनि दिने दाबी गरिएको छ । फियुलसेल भेहिकलको रिफ्यूलिङ्ग टाइम परम्परागत कार र ट्रकहरूको जतिकै रहेको छ । 

यसलाई प्रेशराइज्ड हाइड्रोजन रि–फिउलिङ्ग स्टेसनहरूमा बेचिन्छ र १० मिनेटभन्दा कम समयमा ट्याङ्की फूल गर्न सकिन्छ । यसको ड्राइभिङ्ग रेञ्ज पनि ग्यासोलिन र डिजेल इन्जिनको जतिकै रहेको छ । प्लगइन्–ब्याट्री प्याक भएका इलेक्ट्रीक गाडीको दाँजोमा रि–फियुलिङ्ग स्टेसन उपलब्ध रहेको अवस्थामा यसलाई लामो रेञ्जसम्म चलाउन सकिन्छ । किनकी प्लगइन भेहिकलका लागि फास्ट–चार्जिङ्ग स्टेसनको अभाव रहेको छ भने चार्जिङ्ग टाइम पनि निकै ज्यादा रहेको छ । 

फियुलसेललाई पनि अन्य ईभीको जस्तै नगुडेको समयमा निष्कृय अवस्थामा राख्न सकिन्छ, जसको सहयोगले ट्राफिकका स्टप–साइनमा गाडी सट–डाउन राख्न सकिने छ । यसले फिउलको कन्जम्सन पनि घटाउन सकिन्छ ।


Back_to_top