आउला नारायणगढमा पानीजहाज, नोभेम्बरबाट अध्ययन सुरु हुने

काठमाडौं । जलमार्ग सम्बन्धी अध्ययन गर्न बनेको समितिले भारतीय जलमार्गहरुको अध्ययन गरेर फर्किएको छ । 

उक्त समितिले आगामी नोभेम्बरबाट नेपालका नदीहरुमा जलमार्ग सञ्चालनका लागि स्थलगत अध्ययन सुरु गर्ने जनाएको छ ।  अध्ययन समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेको नेतृत्वमा गएको टोलीले भारतका बिभिन्न नदिमा संचालित यातायात साधनबारे अध्यन गरेर पर्किएको छ । 

 ‘अगामी नोभेम्बरमा भारतीय विशेषज्ञ टोली नेपाल आउने र त्यसपछि नेपालको स्थलगत अध्ययन गर्ने समितिले जानकारी दिएको छ । 

नेपाली टोलीले भारतका नदीमा अवलोकन गरेपछि भारतीय टोली नेपाल आउने र नदीहरुमा जलमार्गको सम्भाव्यता स्थलगतरुपमै अध्ययन गर्ने योजना यसअघि नै बनेको थियो ।

नेपाललाई जलमार्गद्वारा जोड्दै समुन्द्रसम्मै पहुँच स्थापित गर्न भारतसँग द्वीदेशीय समझदारी भएपछि प्रधानमन्त्रीकै निर्देशनमा उक्त अध्ययन समिति बनाइएको हो । त्यसपछि भारतीय जलमार्ग सम्वद्ध अधिकारीहरु नेपालमै आएर एक चरण छलफल गरेर फर्किसकेका छन् ।

नेपालतर्फको नदीको सतह र बहाबमा धेरै समस्या नदेखिए सन् २०२०सम्म नै पानी जहाज नारायणगढभन्दा माथिसम्म ल्याउन सकिने विश्वास नेपाली अधिकारीहरुलाई छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पहिलोपटक नेपालमा जलमार्गको अध्ययनका लागि बजेट विनियोजन गरेको थियो । 


Back_to_top