काठमाडौं । १२५ सीसी सेग्मेन्टकै सबैभन्दा पावरफुल मोटरसाइकल नेपाल आउने भएको छ । जोन्टेसको मोटरसाइकलको विक्रेता कम्पनी आइरन मंकले १२५ सीसी एड्भेन्चर मोटार्ड मोटरसाइकल नेपाल भित्र्याउने भएको हो ।
कम्पनीले यसअघि १५५ सीसी क्षमताको एड्भेन्चर मोटार्ड मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले हाल नेपालमा बिक्री भइरहेको जीटी १५५ यू १ कै डिजाइनमा आधारीत १२५ सीसी मोटरसाइकल ल्याउने भएको हो ।
यो मोटरसाइकल पूर्णतया की–लेस रहेको छ ।
कम्पनीले यसमा प्रिमियम एड्भेन्चर मोटरसाइकलहरू बीएमडब्ल्यू जीएस १२५०, अफ्रिका ट्वीनजस्ता मोटरसाइकलमा हुने स्पोक ट्युवलेस टायर दिएको छ । त्यस्तै, अन्य सेग्मेन्ट फ्रस्ट फिचरमा सुपरबाइक ग्रेड १० एम्पियर आवरको ब्याट्री, एयर टेम्प्रेचर सेन्सर, जिंक कोटेड फ्युल ट्याङ्क, वाटर रेसिस्टेन्स ब्याकलिट स्वीच गियर, ३०० एमएम साइज डिस्कब्रेक तथा डबल च्यानल एबीएस जस्ता फिचर छन् ।
त्यस्तै, अन्य फिचरमा यो मोटरसाइकलमा एन्टी हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्वीङ आर्म, यूएडी फर्क, फास्ट चार्जिङ यूएसवी पोर्ट, डबल एलईडी हेडल्याम्प, एलईडी डीआरएल छन् ।
जोन्टेस जीटी १२५ मा यूरो ५ मापदण्डका लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले १४.०४ हर्स पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ ।
आइरन मंकले हालै प्रकाशित मूल्य सूचीमा यो मोटरसाइकलको मूल्य ४ लाख ३९ हजार रुपैयाँ तोकेको छ । आगामी भदौ २६ गतेदेखि सुरू हुने नाडा अटो शोमा यो मोटरसाइकल सार्वजनिक गर्ने तयारी कम्पनी रहेको छ ।
जोन्टेसका मोटरसाइकल विश्वका १०० भन्दा धेरै देशमा बिक्री वितरण भइरहेको छ । आइरन मंकले विगत ६ वर्षदेखि बिग बाइकहरूको सर्भिसमा काम गर्दै आएको थियो ।


