१५ दिनपछि सार्वजनिक हुँदै महिन्द्रा थार इलेक्ट्रीक

काठमाडौं । महिन्द्राले आगामी अगष्ट १५ मा साउथ अफ्रिकाबाट स्कर्पियो एनमा आधारित पीकअप मोडल सार्वजनिक गर्ने यसअघि नै घोषण भएको थियो । कम्पनीले नयाँ पीकअपसँगै आफ्नो चर्चित लाइफ स्टाइल प्रोडक्ट थारको इलेक्ट्रीक मोडल पनि बाहिर ल्याउने भएको हो ।

महिन्द्रा विद्युतीय सवारीसाधन उत्पादनमा आक्रमक योजना सहित अगाडि बढिरहेको छ । कम्पनीले थारको इलेक्ट्रीक भर्सन ल्याउने घोषणाले एक पटक पहिन्द्रा चर्चाको शिखरमा पुगेको छ ।

अहिले कम्पनीले थारको कन्सेप्ट सार्वजनिक गर्न लागेको हो । अटोकार इन्डियाले प्रकाशित गरेको रिपोर्ट अनुसार महिन्द्राले भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर थारको इलेक्ट्रीक कन्सेप्ट देखाउन लागेको हो ।

महिन्द्रा थार ईभी कन्सेप्ट डिजाइन एक फ्यूचर अफरोड डिजाइनमा आधारित रहने छ । थार नाम भएपछि फोर ह्वील ड्राइभ फिचर त हुने नै भयो । तर, यो अफरोड एसयूभी अरु ईभीमा जस्तो ड्यूल मोटर सेटअपमा नभई क्वाड मोटर हुनेछ । त्यहि कारण यो एसयूभीलाई ४५ डिग्रीसम्म मोड्न सकिनेछ । यो एसयूभी एकदमै सानो स्थानमा पनि ३६० डिग्री घुमाउन मिल्ने हुने छ ।

महिन्द्राले यसको विषयमा धेरै कुरा बाहिर ल्याएको छैन । तर, नयाँ थार बडीअन फ्रेम सेटअपसहित ‘नयाँ डेडिकेटेड ईभी प्लेटफर्म’मा बन्ने अनुमान गरिएको छ ।


Back_to_top