सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै, यस्तो छ तीन वर्षको आयात

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो देखिएको छ । पछिल्लो तीन वर्षमा विद्युतीय बस, भ्यान र माइक्रोबसको प्रयोग बढ्दो क्रममा रहेको हो ।

विगत तीन आर्थिक वर्षमा विद्युतीय भ्यान/माइक्रोबसको आयात क्रमिक रुपमा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा केबल २६ यूनिट विद्युतीय माइक्रोबस आयात भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा यस्तो आयात बढेर ८४ यूनिट पुगेको थियो । भर्खरै सकिएको आर्थिक वर्ष २०७९/८० मा यस्ता साधनको आयातमा ब्यापक वृद्धि भएको देखिन्छ । गत वर्ष २८४ यूनिट विद्युतीय माइक्रोबस आयात भएको हो ।

चलाकलाई चलाउन सहज, इन्धन खर्चमा बचत तथा यात्रुलाई पनि यात्रा गर्न आरामदायी भएको कारण विद्युतीय बस तथा माइक्रोबसको प्रयोग ब्यापक बन्दै गएको हो । अहिले बजारमा विभिन्न ब्राण्डले यस्ता माइक्रोबस तथा मिनीबसहरु बिक्री गर्दै आएका छन् ।

विद्युतीय माइक्रो भ्यानको बिक्री सुरु गरेको दिगो ग्रुपले हो । ११ जनाले यात्रा गर्न मिल्ने डाँफे भ्यान राम्रो संख्यामा बजारमा दखिन थालेसँगै अन्य ब्राण्डले पनि यस्ता भ्यान ल्याउन थालेका हुन् । अहिले दिगोसहित सिजी मोटर्स, पुजा इन्टरनेशनल, एमएडब्लू वृद्धि जस्ता कम्पनीले ११ देखि १९ सिट क्षमताका माइक्रोबसहरु बिक्री गर्दै आएका छन् ।

विपी हाइवे, अरनिको हाइबे, पृथ्बी राजमार्ग लगायत तराइका जिल्लाहरुमा विद्युतीय माइक्रो भ्यानको प्रयोग बढ्दै गएको छ । साथै ठूला सबको रुपमा साझा यातायातले पनि बस ल्याएर संचालन सुरु गरेको छ ।


Back_to_top