टीभीएस आइक्यूवको बिक्री १ लाख ५० हजार यूनिट पुरा

काठमाडौं । टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबले १ लाख ५० हजार यूनिटको माइलस्टोन पुरा गरेको छ । २०२० जनवरीमा सार्वजनिक भएको यो स्कुटरले ४३ महिनामा १ लाख ५० हजार यूनिटको माइलस्टोन पुरा गरेको हो ।

यो आंकडा भारतीय बजारको मात्र हो । भारतमा टीभीएसको विद्युतीय उत्पादनले विस्तारै बजारमा आफ्नो प्रभाव बढाउँदै लगेको छ । हालै मात्र नेपाली बजारमा समेत आइक्यूव सार्वजनिक भएको छ ।

टीभीएस मोटर्सले २२ जुलाई २०२३ मा सार्वजनिक गरेको तथ्यांक अनुसार जनु २०२३ सम्ममा टीभीएस आइक्यूब १ लाख ४७ हजार ३०९ यूनिट उत्पादन भउको छ भने जुलाइ २२ सम्ममा १ लाख ५४ हजार २३६ यूनिट स्कुटर उत्पादन भएको छ ।

२०२० मा बजाज र आइक्युब एकै महिनामा सार्वजनिक भएको हुन् । २०२३ आर्थिक वर्षमा टीभीएसले ९६ हजार ६५४ यूनिट स्कुटर विक्री गर्न सफल भएको हो ।

त्यस्तै आर्थिक वर्ष २०२४ को पहिलो तीन महिनामा नै ३८ हजार ६०२ यूनिट स्कुटर उत्पादन भइसकेको छ । टीभीएस आइक्यूबको माग भारतीय बजारमा उच्च रहेको छ । कम्पनीले उत्पादन गरेको सबै स्कुटरहरु सोल्ड आउट नै रहेको छ ।

भारत सरकारले फेम २ अनुदान घटाएसँगै इलेक्ट्रीक स्कुटरहरुको विक्रीमा गिरावट सुरु भएको छ ।

यस्तो छ आइक्यूव

आइक्युबले एकल चार्जमा १४० किलोमिटर रेन्ज कम्पनीको दाबी छ । आइक्युबको वेस भेरियन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले दिइएको छ । यसमा स्मार्ट कनेन्ट फिचर पनि पाउन सकिन्छ ।

यो स्कुटरमा ४.४ किलोवाट क्षमतको मोटर प्रयोग भएको छ भने यसले ०–देखि ४० को स्पीड मात्र ४.२ सेकन्डमा भेट्टाउँछ । टीभीएस आइक्युब २०२२ भर्सनको टप स्पीड ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top