७२ हजार तिरेर अपाचे आरटीआर १६० फोर भी किन्न सकिने, यस्तो छ मासिक किस्ता

काठमाडौं । टीभीएसले २५ प्रतिशत डाउन पेमेन्टमा नै मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले सीमित मोडलमा कम डाउन पेमेन्टमै मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।

टीभीएस मोटर्सको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले रेडर, रेडिअन, स्ट्राइकर र अपाचे आरटीआर १६० फोर भीको बेस भेरियन्ट २५ प्रतिशत डाउन पेमन्टमा नै उपलब्ध गराएको हो ।

यही स्कीम अन्तर्गत अपाचे आरटीआर १६० फोर भीको बेस भेरिन्ट किन्दा ग्राहकले ७२ हजार ७२५ रुपैयाँ डाउन पेमेन्ट गरेर मोटरसाइकल घर लैजान सक्नेछन् ।

यो स्कीम अन्तर्गत ग्राहकले ३ प्रकारको मासिक किस्ता अवधि छनोट गर्न सक्नेछन् । यसमा ग्राहकले आफ्नो क्षमता अनुसार १२ महिना, १८ महिना र २४ महिना मध्ये एक छनोट गर्न सक्नेछन् । यो स्कीममा १२ महिनाको किस्ता अवधिमा १५ प्रतिशत र १८/२४ महिना अवधिमा १८ प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सले विक्री गर्दै आएको अपाचे आरटीआर १६० फोर भीको बेस भेरियन्टको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ । २५ प्रतिशत डाउन पेमेन्टपछि बाँकी कर्जा रकम २ लाख १८ हजार १७५ रुपैयाँ १२ महिनाको किस्तामा १९ हजार ६९२ रुपैयाँ, १८ महिनाको किस्तामा मासिक १३ हजार ९२१ रुपैयाँ र २४ महिनाको मासिक किस्तामा १० हजार ८९२ रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

अपाचे आरटीआर १६० फोर भीमा १५९।७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०।६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पूरा गर्छ ।


Back_to_top