रेडरको नयाँ एडिसन ४ दिनपछि बजारमा आउने

काठमाडौं । टीभीएसले २३ अगष्टमा नयाँ स्पोर्टी इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरिहेको छ । त्यस अगाडि नै चार दिनपछि कम्पनीले रेडर १२५ को मार्वल एडिशन ल्याउने भएको हो ।

कम्पनीले अगष्ट ११ मा रेडर १२५ को मार्भल एडिशन ल्याउने तयारी गरेको हो । सार्वजनिक गर्नु अघि एक टीजर सार्वजनिक गर्दै रेडरको मार्भल एडिशन तयार भएको कम्पनीले संदेश दिएको छ ।

नयाँ आउने रेडर मार्भल एनटर्क १२५ को सुपर स्वाड एडिशन जस्तै हुनेछ । कम्पनीले रेडरलाई सुपर हिरो आइरन म्यान र क्याप्टेन अमेरिका एडिशनमा ल्याउने अनुमान गर्न सकिन्छ ।

मार्भल एडिशन रेडर टप भेरियन्ट एसएक्समा आधारित हुनेछ । यसमा टीभीएस स्मार्ट कनेक्ट फिचरका साथै ५ इन्चको टीएफटी डिस्प्ले रहेको छ ।

रेडरमा १२४.८ सीसी सिंगल सिलिन्डर, एयर तथा आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ११.३८ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा इको र पावर गरी दुई मोडल उपलब्ध छ ।

रेडरको मार्भल एडिशन एसएक्स भेरियन्टको तुलनामा केही महंगो हुनेछ । टप भेरियन्ट एसएक्सको मूल्य १ लाख ९७० रुपैयाँ एक्स सोरुम देल्लि रहेको छ ।


Back_to_top