काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । मोरिस ग्यारेज स्थापनाको १०० भएको अवसरमा एमजीले एक्सचेन्ज अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडी ल्याएर नयाँ एमजी जेडएस ईभीसँग एक्सचेन्ज गर्न सक्नु हुनेछ ।
‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँै’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यहि श्रावण २६ देखि भाद्र २४ सम्म चल्ने यो एक्सचेन्ज अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरमा रहेका डिलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

