सेप्टेम्बर १४ तारिखमा नेक्सन ईभीको नयाँ मोडल आउने

काठमाडौं । टाटा मोटर्स इन्डियाले आगामी सेप्टेम्बर १४ तारिखमा नेक्सन ईभी फेसलिफ्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०१७ देखि निरन्तर उत्पादन गर्दै आएको नेक्सनको डिजाइननै परिवर्तन गरेर ल्याउन लागेको हो ।

भारतमा एकपछि अर्को सूचना बाहिर ल्याउँदै आएको टाटाले नेक्सन ईभी र नेक्सन पेट्रोलियम पदार्थबाट चल्ने दुबै मोडलको फेसलिफ्ट आगामी १४ सेप्टेम्बरमा सार्वजनिक गर्न लागेको हो । टाटा नेक्सन अहिले भारत र नेपालमा नै सर्वाधिक बिक्री हुने सब फोर मिटर एसयूभी हो ।

कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने मोडलको इन्जिन लगायतका विषय बाहिर ल्याएपनि ईभीमा हुने परिवर्तन भने बाहिर ल्याएको छैन । कम्पनीले यसअघि प्राइम र म्याक्स गरी दुई मोडलमा नेक्सन ईभी बिक्री गर्दै आएको थियो । नयाँ नेक्सनको ईभी सम्बन्धी विवरण अर्को साता सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ ।

नेपालमा सर्वाधिक सफल नेक्सनको इलेक्ट्रीक फेसलिफ्ट आउँदै गरेको कर्भ मोडलबाट प्रेरित भएर आउन लागेको देखिन्छ । पहिलेको तुलनामा निकै आकर्षक डिजाइनमा रहेको यो एसयूभीले भारतमा आगामी चाडपर्वको समयमा निकै राम्रो चर्चा बटुल्ने अनुमान गरिएको छ ।

भारतमा बिक्री सुरु भएको केही समयपछि नै नेक्सन ईभीको फेसलिफ्ट मोडल नेपाल आउने छ । तस्बिर अटोकार इन्डियाबाट


Back_to_top