हाइड्रोजनबाट चल्ने ‘टोयोटा हाइलक्स पीकअप’ परीक्षणमा

काठमाडौं । सुरुवातबाटै हाइड्रोजन फ्यूलसेल टेक्नलोजीलाई बढवा दिदै आएको टोयोटाले आफ्नो सफल पीकअप हाइलक्सलाई हाइड्रोजन फ्यूलसेलमा ल्याउने भएको छ ।

टोयोटाले हाइलक्सको फ्यूलसेल भर्सन परिक्षणको लागि १० यूनिट उत्पादन गरेको छ । यो पीकअपको सेफ्टी, फङ्सनालीटी, इकोनोमी र गुणस्णतरको परीक्षण गर्ने कम्पनीले जनाएको छ ।

टोयोटाले हाइड्रोजनबाट चल्ने हाइलक्सको प्रोटोटाइप बेलायतमा रहेको प्लान्टमा बनाएको हो । यसको लागि बेलायत सरकारले समेत सहयोग गरेको जनाइएको छ ।

टोयोटा मिराइमै रहेको टेक्नोलोजी प्रयोग गरेर हाइड्रोजनबाट चल्ने हाइलक्स तयार भएको छ । यो पीकअपले एक पटक हाइड्रोजन रिफिलगर्दा ५९० किलोमिटर रेन्ज दिने बताइएको छ ।

टायोटाले हाइलक्स फ्यूलसेल प्रोजेक्टको सम्भाव्यता सन् २०२२ बाटै गरेको भएपनि यसको विकास भने २०२२ जुलाईबाट गरेको थियो । कम्पनीले प्रोटोटाइप भने ५ जुन २०२३ मा तयार गरेको हो ।

टोयोटाले २०२२ को डिसेम्बरमा इलेक्ट्रीक हाइलक्सको कन्सेप्ट देखाएको थियो । उक्त समयमा कम्पनीले यसको पावरट्रेन र ब्याट्रीका बारेमा भने केहि पनि जानकारी दिएको थिएन ।

टोयोटाले एकै पटक ब्याट्री ईभी, हाइड्रोजन फ्यूलसेल र प्लगइन हाइब्रिड गरी सबै टेक्नलोजीको परिक्षण गरिरहेको छ । कम्पनीले ल्याण्डक्रूजरलाई समेत फ्यूलसेल पावरमा ल्याउने सम्भावना रहेको छ ।


Back_to_top