यामाहा एफजेडएस भी ३ काे नयाँ भर्सन सावर्जनिक, यस्ताे छ मूल्य

काठमाडौं । यामाहा एफजेडएस भी ३ को अपडेटेड भर्सन नेपाल आएको छ । कम्पनीले सामान्य अपेडेटसतिह एफजेडएस भी ३ ल्याएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले एलइडी ब्रेक लाइट भएको भी ३ ल्याएको हो । यसअघिको मोडलमा बल्ब ब्रेक लाइट प्रयोग गरिएको थियो ।

यसमा अन्य अपग्रेडमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ भने अन्य कुनै पनि परिर्वतन गरिएको छैन ।

कम्पनीले नयाँ भर्सन एफजेडएस भी ३ को मूल्य ४ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यस अघि विक्री हुँदै आएको एफजेडएस भी ३ को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ ।

दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकल अहिले यामाहाको सर्वाधिक सफल मोडल हो ।


Back_to_top