काठमाडौं । महिन्द्राले उत्पादन घोषणा गरेका इलेक्ट्रीक एसयूभीहरुमा ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ दिने भएको छ । कम्पनीले घोषणा गरेको प्रिमियम इलेक्ट्रीक एसयूभीमा डल्बी डिजिटल साउन्ड सिस्टम दिने भएको हो ।
लग्जरी अटोमोवाइल ब्राण्डहरु मेव्याक, मर्सिडिज बेन्ज, भोल्भो, पोलेस्टार तथा लोटस् जस्ता ब्राण्डहरुले आफ्नो गाडीमा प्रयोग गरेको डल्बी साउन्ड सिस्टम महिन्द्राले आफ्ना इलेक्ट्रीक एसयूभीमा दिन लागेको हो ।
डल्बी डिजिटल साउन्ड सिस्टम प्रयोग गर्ने महिन्द्रा भारतको पहिलो अटोमोवाइल ब्राण्डसमेत बन्ने भएको छ ।
डल्बी डिजिटल साउन्ड सिस्टम सिनेमा हल, होम थिएटर, आइफोन १५ र उच्च गुणस्तरको टेलिभिजन सेटहरुमा प्रयोग हुँदै आएको छ । यो साउन्ड सिस्टम गुणस्तरिय आवज र अन्य किसिमका आवाज घटाउन पनि उत्कृष्ट मानिन्छ ।
डल्बी डिजिटल साउन्ड सिस्टममा म्युजिक बजाउँदा लेफ्टमा एक प्रकारको इन्ट्रुमेन्ट, राइटमा अर्को प्रकारको इन्ट्रुमेन्ट र सेन्टरमा भोकल सुनिन्छ ।
महिन्द्राले आफ्ना नयाँ बर्नईभी रेन्जका भेहिकलमा हर्मनको ३५० डिग्री सराउण्ड साउन्ड स्पीकरहरुको प्रयोग गर्ने जनाएको छ । हर्मन र डल्बीको कोल्याब्रेसनमा उक्त सिस्टमले थ्रीडी साउन्डको मज्जा दिनेछ ।


