बीवाइडीको प्रिमियम ब्राण्डले ‘यू-८’ एसयूभीको मूल्य ताेक्याे

काठमाडौं । बीवाइडीको स्वामित्वमा रहेको प्रिमियम ब्राण्ड ‘याङवाङ’को पहिलो एसयूभी यू-८ चीनमा बुकिङ सुरु भएको छ । कम्पनीले अहिले बुकिङ सुरु गरेपनि यसको बिक्री भने आगामी अक्टुबर महिनाबाट मात्रै सुरु गर्नेछ ।

कम्पनीले चिनियाँ बजारमा याङवाङ यू-८को मूल्य १ लाख ५० हजार ६ सय अमेरिकी डलर तोकेर बुकिङ सुरु गरेको हो । यो फुल साइज एसयूभी मोडल हो ।

याङवाङ यू-८को लम्बाई ५३१९ एमएम, चौडाई २०५० एमएम र उचाई १९३० एमएम रहेको छ । यसमा ३०५० एमएम लामो ह्वीलवेस रहेको छ । चारैवटा चक्कामा छुट्टा छुट्टै मोटर (क्वाड मोटर) सेटअप रहेको यो एसयूभीले संयुक्त पावर १२०० हर्सपावर जेनेरेट गर्छ । यो एसयूभीले केवल ३.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रति घन्टाको स्पीड भेट्टाउन सक्छ ।

यू-८मा एउटा प्लगइन हाइब्रिड एसयूभी हो । कम्पनीले यसमा ४९.०५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसलाई फुल चार्जमा १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस्तै यसमा रहेको फुल ट्याङ्क पेट्रोल र इलेक्ट्रीको संयुक्त रेन्ज भने १००० किलोमिटर हुने कम्पनीले जनाएको छ ।

बीवाइडीले गत जनवरी ५ मा याङवाङ ब्राण्ड सार्वजनिक गरेको थियो । उक्त समयमा ई४ टेक्नोलोजी भएको यू-८ र यू-९ मोडलसमेत प्रदर्शनी गरिएको थियो । ई४ चाइनाको पहिलो मासप्रोडक्सन क्वाड मोटर इन्डीपेन्डेन्ट ड्राइभ टेक्नोलोजी प्ल्याटफर्म बनेको एसयूभी हो । यसमा चारै चक्कालाई फरक फरक दिशा र गतिमा एकैपटक चलाउन सक्ने भेक्टर कन्ट्रोल टेक्नोलोजी रहेको छ ।

यू–८को प्रिमियम एडिसन र अफरोड मास्टर एडिसन गरी दुई भेरियन्ट रहने छ । प्रिमियम एडिसनमा १० फरक डाइभिङ मोडका साथै ट्याङ रन, फ्लिङ सहित ५ वटा फड्सन रहेको छ ।

त्यस्तै अफरोड मास्टर एडिसनमा थप अफरोड कस्टम मोडहरु रहेको छ । याङवाङले अफरोड मास्टर एडिसनको भने मूल्य घोषणा गरेको छैन ।


Back_to_top