काठमाडौं । रोयल इनफिल्डको हिमालयन ४५० सार्वजनिक मिति नजिकिएसँगै मोटरसाइकलको विवरण सार्वजनिक भएको छ ।
हालै सार्वजनिक एक रिपोर्टमा यसको इन्जिन पर्फमेन्स तथा डाइमेन्सनको विवरण बाहिर आएको हो ।
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५१.६५ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन हुनेछ । रिपोर्टका अनुसार यो इन्जिनले ८००० आरपीएममा ३९.४७ बीएच पावर जेनेरेट गर्छ ।
यो मोटरसाइकलको चौडाइ ८५२ एमएम र यसको ह्वील बेस १५१० एमएम रहेको छ । यो मोटरसाइकल अक्टोबर ३० मा सार्वजनिक हुने अनुमान गरिएको छ ।
हिमालयन ४५० मा यूएसडी फर्क, फुल डिजिटल कन्सोल, ६ स्पीड गियरबक्स, एल एलईडी लाइट्स जस्ता फिचर हुनेछ ।
कम्पनीले लामो समयदेखि हिमालयन ४५० को परीक्षण गरिरहेको छ । हिमालयन ४५० मा पहिलो पकट कम्पनीले लिक्विड कुल्ड इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । यस अघि कम्पनीले कुनै पनि मोटरसाइकलमा लिक्विड कुल्ड इन्जिनको प्रयोग गरेको छैन् ।


