काठमाडौं । होन्डा एसपी १२५ नाडा अटो शोमा प्रदर्शनी भएको थियो । साइनमा आधारित एसपी १२५ स्पोर्टस् मोडल भारतमा बिक्री सुरु हुनुभन्दा पहिल्यै नेपाल आएको हो ।
कम्पनीले अघिल्लो साता भारतमा यसलाई सार्वजनिक गरेको छ । भारतमा बिक्री सुरु भएसँगै नेपाल आइसकेको एसपी १२५ स्पोर्टस् नेपालमा पनि बिक्री सुरु हुनेछ ।
होन्डा मोटरसाइकलको नेपालाका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले केहि समय पश्चात् एसपी १२५ स्पोर्टस्को बिक्री सुरु गर्ने जनाएको छ ।
‘हामीले नाडा अटो शोमा एसपी १२५ स्पोर्टस् देखाएका थियौं । ग्राहकको प्रतिक्रिया पनि राम्रो पाएका छौं । छिट्टै बिक्री सुरु गर्ने तयारी भएको छ’, स्याकार ट्रेडिङ स्रोतले भन्यो ।
यसअघि नेपाली बजारमा एसपी १२५ नामबाट बिक्री हुँदै आएको मोटरसाइकल अपग्रेड र स्पोर्टी लुक्ससहित ‘एसपी-१२५’ भएर आएको हो । कम्पनी स्रोतका अनुसार ३ लाख हाराहारी मूल्य तोकेर एसपी १२५ को बिक्री सुरु हुनेछ ।

होन्डा एसपी १२५ मा १२३.९४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
साइनभन्दा स्पोर्टी लुक भएको एसपी १२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
नयाँ एसपी १२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ । यसले टीभीएस स्टाइकर, यामाहा सलुटो र हिरो स्प्लेन्डरजस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

