१०० भन्दा बढी मोटरसाइकलको र्‍याली काठमाडौंबाट नमोबुद्धसम्म हुने

काठमाडौं । हरेक वर्ष विश्वभर पर्यटन दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम हुने गर्छन् । नेपालमा पनि पर्यटन दिवसलाई लक्षित गर्दै नेपाल अटोेमोबाइल्स एसोसिएशन (नासा नेपाल) र वीमा नेपालको संयुक्त आयोजनामा र्‍याली आयोजना हुने भएको छ ।

उपत्यका पर्यटन कार्यालय, हातिवन, ललितपुरको सहकार्यमा आउँदो शनिबार काठमाडौं-नमोबुद्ध टुरिङ र्‍याली आयोजना हुने भएको छ । नासा नेपाल र सो संस्थाका विभित्र क्लबहरुले विगतका वर्षमा पनि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिभित्र कार्यक्रम गर्दै आएको थियो ।

उपत्यका पर्यटन कार्यालयले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकिय क्षेत्रको पहिचान गर्नुका साथै प्रवद्र्धनात्मक कार्य गर्ने र यससँग सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य गर्दै आन्तरिक पर्यटनलाई बढावा दिदै आएको छ ।

यस वर्ष काठमाडौँ नजिकैको लोकप्रिय गन्तब्य नमोबुद्धसम्म टुरिङ्ग र्‍याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । करिब सय बढि सहभागी रहने उक्त र्‍यालीको मुख्य उद्देश्य युवा मोटरसाइकल चालकहरुलाई आन्तरिक पर्यटनमा जाड्नु हो ।

सानो हातिवनस्थित उपत्यका पर्यटन कार्यलयबाट बिहान ८ बजेबाट सुरु हुने सो र्‍याली कोटेश्वर-सल्लाघारी-सागाँ-बनेपा-धुलिखेल हुँदै नमोबुद्ध पुग्नेछ । त्यहाँबाट फर्केर पुनः धुलिखेल आएर समापन हुनेछ ।


Back_to_top