काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडीङले ‘बडा दशै बडा अफर’ योजना ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसरमा उक्त अफर ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले टाटा आइस रेञ्जका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राउन सक्नेछन् । यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाइने कम्पनीले जनाएको छ ।
साथै, टाटाका ईभी गाडीहरूमा पनि आकर्षक अफरहरु रहेको सिप्रदीले जनाएको छ । यस्तै, दशैंको अवसरमा ग्राहकले टाटा मोटर्सको शोरुमहरूमा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी लगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने छन् ।
यस उपहार योजनामा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन सिप्रदीले सबैमा अनुरोध गरेको छ ।

