काठमाडौं। चिनियाँ गाडी निर्माता चांगन अटोले क्याटल र हुवावेसँग निर्माण गरेको ‘डिपल एस सेभेन’ इलेक्ट्रीक एसयूभी नेपाल आउने भएको छ । एमएडब्लु बृद्धिले उक्त कार नेपाल भित्र्याउने भएको हो ।
चांगनका आइसीई इन्जिन यूक्त कारहरुको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु बृद्धिले नै चागंनको पहिलो इभी नेपाल भित्र्याउने भएको हो ।
चांगन डिपल एस सेभेन १६० किलोवाट र १९० किलोवाट गरि दुई क्षमताको मोटरमा उपलब्ध रहेको छ । यसको पिक पावर ३२० एनएम रहेको छ। यो कार मात्र ६.७ सेकेन्डमा ०-१०० किलोमिटर स्पीड भेट्न सक्छ ।
यस्तै, यसमा ६६.८ र ७९.९७ किलोवाट आवर गरि दुई भेरियन्टको ब्याट्री प्याक पाउन सकिन्छ । यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ६२० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
हालसम्म कम्पनीले सार्वजनिक गर्ने मिति र कुन भेरियन्ट ल्याउने एकिन भने गरिसकेको छैन् ।


