टेष्ट ड्राइभ अनुभव : स्मार्ट क्रेता किन्छन् ‘एटो-३ एड्भान्स मोडल’

काठमाडौं । आर्थिक मन्दीको असर सर्वत्र परिरहेको समयमा विद्युतीय कार बिक्री गर्ने कम्पनीहरूमा भने असर देखिएको छैन । त्यसमा पनि बीवाइडीको पछिल्लो क्रसओभर मोडल एटो ३ को एड्भान्स भेरियन्ट निकै सफल हुँदै गएको छ ।

गत साउनबाट नेपाल आउन थालेको एटो ३ को एड्भान्स भेरियन्ट छोटो समयमा नै ३०० यूनिट हाराहारी नेपाल आइसकेको छ । साइमेक्स इंकले नेपाल ल्याएको बीवाइडीको एटो ३ अहिले एड्भान्स, सुपेरियर र पर्फमेन्स गरी तीन फरक मोडल उपलब्ध छ ।

मूल्यको हिसाबले एड्भान्सको मूल्य ५५ लाख ९९ हजार, सुपेरियरको मूल्य ६५ लाख ८० हजार र पर्फमेन्सको ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी तीनवटै एउटै डिजाइनमा र समान फिचरहरूको साथ उपलब्ध छन् । तर, मूल्यमा भने ठूलो अन्तर पाउन सकिन्छ ।

हामीले टेष्ट ड्राइभ गरेको भेरियन्ट सबैभन्दा सस्तो एड्भान्स हो । मूल्यको हिसाबले सबैभन्दा सस्तो एटो ३ अधिकांश फिचरमा अब्बल देखिन्छ । यसको पावर, कम्फर्ट र रोड प्रेजेन्स निकै उत्कृष्ट छ ।

टेष्ट ड्राइभ अनुभव

बीवाइडी एटो ३ चलाउन निकै सहज छ । सुरूमा त यसको सिट प्रशंसा योग्य नै छ । स्पोर्टस् कारबाट प्रेरित सिटको थाइ सपोर्ट उत्कृष्ट लाग्छ । रातीको समयमा चलाउँदा लो-बीममा लाइट हल्का कम महशुस हुन्छ । तर, हाइ-बीममा प्रशस्त उज्यालो पाउन सकिन्छ ।

यसको ड्यासबोर्ड निकै क्लिन छ । ड्यासबोडमा कुनै पनि बटम तथा स्वीच छैन । एउटा ठूलो रोटेड इन्फोटेन्टमेन्ट सिस्टम छ । यसको सहायताले गाडीका धेरै फङ्सनहरू चलाउनु पर्छ । साथमा स्टेरिङ सँगै जोडेर सानो ५ इन्चको इन्फर्मेशन डिस्प्ले दिइएको छ । यसमा आउने सूचना हेर्न निकै सहज लाग्छ ।

हामीले यसलाई काठमाडौं र भक्तपुरका बाटाहरूमा चलाएर हेरेका थियौं । उकालो, ओरालो, समथर र कच्ची सबै किसिमका सडकहरूमा यसलाई चलाएर हेर्दा पर्फमेन्स र ग्राउन्ड क्लियरेन्सको कुनै समस्या छैन । उत्कृष्ट पावर र निकै स्टेबल ड्राइभिङ प्लेजर पाउन सकियो ।

सुपेरियर भेरियन्टको तुलनामा कम स्पिकर भए पनि म्यूजिक निकै राम्रो सुनिन्छ । सेन्टर कन्सोलमा सीईभको लागि खासै समस्या छैन । सेन्टर कन्सोलमा दिइएको गियर नब र अन्य सबै किसिमका बटम देब्रे हातले सहजै चलाउन मिल्ने ठाँउमा छ । यो बीवाइडीले गरेको स्मार्ट डिजाइन मान्न सकिन्छ ।

भेरियन्टले दिएको छनोट अप्सन

यदि तपाईं स्मार्ट खरिदकर्ता हो भने यसको एड्भान्स भेरियन्ट किन्नु तपाईंको लागि सबैभन्दा बढी फाइदाको डिल हुनसक्छ । मूल्यका हिसाबले सुपेरियर भेरियन्टको तुलनामा झण्डै १० लाख कम मूल्यमा किन्न पाइने एटो ३ लगभग सबै फिचर उस्तै छन् । यसमा तपाईंले ठ्याक्कै मिस गर्ने रेन्ज र इलेक्ट्रीक पावर टेलगेट हो ।

सुपेरियर भेरियन्टको तुलनामा १० किलोवाट आवर कम क्षमताको ब्याट्री भएको कारण झण्डै ६० देखि ८० किलोमिटर रेन्ज कम हुन्छ । त्यो बाहेक तपाईंले अन्य ठूलो अन्तर यी दुई भेरियन्टमा पाउन सक्नुहुन्न ।

 


Back_to_top