होन्डाले बेच्यो २ करोड यूनिट यो स्कुटर

होन्डाले आफ्नो एउटै मोडलको बिक्री भारतीय बजारमा २ करोड यूनिट पुरा गरेको छ । एक्टीभा स्कुटरको २ करोड यूनिट बिक्री पुरा गरेको उपलक्ष्यमा कम्पनीले विशेष कार्यक्रम गरेर खुसियाली साटेको छ । 

नेपाली बजारमा स्याकार कम्पनीले विक्री वितरण गर्दै आएको होन्डाको एक्टीभा स्कुटर भन्दा डियोको बिक्री निकै बढि रहेको छ ।  

तीन बर्षमा नै १ करोड यूनिट

कम्पनीले भारतीय बजारमा तीन वर्षमा नै एक करोड यूनिट बिक्री वितरण गरेको छ । कम्पनीले बाँकी एक करोड यूनिट बिक्री गर्न भने ५ वर्ष लगाएको थियो । 

सन् २००१ मा भारतीय बजारमा सार्वजनिक भएको यो स्कुटरले १८ वर्षमा २ करोड यूनिट विक्री गर्न सफल भएको हो । सुरुमा ११० सीसीबाट सुरु भएको एक्टीभा अहिले १२५ सीसी क्षमतामा बजारमा विक्री वितरण भइरहेको छ ।


Back_to_top