हुन्डाईको इलेक्ट्रीक एसयूभी कोना नेपाल आउँदै, यस्ता छन् विशेषता

कोरियन अटो निर्माता कम्पनीले उत्पादन गरेको अल–इलेक्ट्रिक कम्प्याक एसयूभी ‘कोना इलेक्ट्रिक’ नेपाली बजारमा डिसेम्बरसम्मा नेपाली बजारमा आउन सक्ने सम्भावना देखिएको छ ।  हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतका अनुसार कम्पनीले गाडीको माग गरिसकेको जनाएको छ । 

भदौमा भएको नाडा अटो शो २०१८ मा आयोनिक इेक्ट्रीक सेडान कार ल्याएर शोकेस गरेको कम्पनीले बिक्री वितरणको लागि कोना ल्याउन लागेको हो । अन्तर्राष्ट्रिय बजारमा कोना इभी दुई विकल्पहरुमा उपलब्ध छ । बजारमा ३९ किलोवाट ब्याट्री प्याकमा उपलब्ध भएको कोना इभीले एक पटकको फूल चार्जमा ३१२ किलोमिटर दुरी पार गर्छ भने ६४ किलोवाट यूनिटमा उपलब्ध हुने कोना इभीले ४८२ किलोमिटर रेन्ज पार गर्न सक्छ ।

नेपाली बजारमा पहिला आउने गाडी ३९ किलोवाट मोडल हुन सक्ने अनुमान गरिएको छ । यसमा लगाइएको इन्जिनले १३६ एचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यसले ९.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको स्पिड लिन सक्छ। यसको टप स्पिड  १५५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

लिथीअम–आएन ब्याट्री प्याकले १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरि ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ ।  साथै स्ट्यान्डर्ड एसी बाट ६ घन्टा १० मिनेटमा फूल चार्ज गर्छ । 

स्ट्यान्डर्ड कोनाको तुलनामा कोना इभीमा केहि भिजुअल परिवर्तनहरु ग्रिएकोे छ । कोना इभीमा एक्जस्ट हुने छैन भने, क्लोज ग्रील, १७ इन्च अलोए ह्वील राखिएको छ । त्यस्तै, क्याभीनमा डिजिटल ड्याशबोर्ड राखिएको छ । कम्पनीका अनुसार व्याट्री प्याक एसयूभी प्लटफर्ममा आधारित छ जसले इन्टेरियरको स्पेशमा कुनै कम्प्रमाईज गरिएको छैन । कारको रियरमा रहेको चार्जीङ्ग केवलले ओरिजिनल ३७३ लिटर बुट स्पेसलाई ३३२ लिटर घटाएको छ । 

कोना इभीमा हेड–अप डिस्प्ले, ७.० इन्च इन्फोटेनमेन्ट टचस्क्रिन तथा हिटेड फ्रन्ट सिट जसमा भेन्टिलेट र एटवे इलेक्ट्रिकल एड्जस्टेवीलीटी दिइएको छ । यो मोडलमा सुरक्षाका लागि एडेप्टीप क्रुइज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट तथा  अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि दिइएको छ ।


Back_to_top