काठमाडौं । रोयल इनफिल्ड हिमालयन ४५० आगामी महिनादेखि भारतीय बजारमा डेलिभरी सुरु हुने भएको छ । मोटोभर्स २०२३ मा सार्वजनकि भएको हिमालयन ४५० डिसेम्वर महिनादेखि सुरु हुने भएको हो ।
कम्नपीले हिमालयन ४५० को बुकिङ लिन सुरु गरिसकेको छ ।
कम्पनीले वेस भेरियन्ट हिमालनय ४५० को २ लाख ६९ हजार (एक्स सोरुम) रुपैयाँ तोकेर सार्वजनिक गरेको हो भने टप भेरिन्टको मूल्य २ लाख ८४ हजार रुपैयाँ मूल्य निर्धारण गरेको हो ।
यो मूल्य २०२३ को अन्तसम्मका लागि मात्र लागु हुने कम्पनीले बताएको छ भने त्यस पश्चात हिमालयन ४५० को मूल्य वृद्धि हुनेछ ।
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले ८००० आरपीएममा अधिकतम ४०।२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।

