काठमाडौं । हुन्डाईको कम्प्याक्ट एसयूभी क्रेटा इलेक्ट्रीक भर्सन कोरियाको सडकमा परीक्षणका क्रममा देखिएको छ । प्राप्त स्पाइ तस्वीरमा क्यामाफ्स गरिएको क्रेटा ईभीमा फेक एक्जस्ट पाइप राखेर परीक्षण गरिरहेको देखिएको हो ।
हुन्डाई क्रेटा भारत तथा नेपालमा समेत सबैभन्दा धेरै रुचाइएको एसयूभी हो । क्रेटाको आइसीइ भर्सनको जस्तै डिजाइनमा देखिएको क्रेटा ईभीको फ्रन्ट फेसियामा भने केही फरक एलीमेन्ट्सहरू रहेको छ ।
यसमा पनि एक्टर र भेन्यूको जस्तो स्प्लीट एलईडी हेडल्याम्प देखिएको छ । रियरमा टेलरिस सेपको एलईडी लाइट रहेको छ । अन्य फिचरमा एडास फिचर सहितको ३६० डिग्री भ्यूको लागि फ्रन्ट क्यामरा देखिएको छ । रिडिजाइन ड्यासबोर्ड तथा फेसलिफ्ट सेल्टोसको जस्तो फ्रि स्ट्याण्डिङ इन्फोटेन्मेन्ट स्क्रीन रहेको छ ।
क्रेटा ईभीमा ६० किलोवाट अवारको ब्याट्रीप्याक दिएको छ । जसले एक पटकको फुलचार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिने अनुमान गरिएको छ ।

भारतीय बजारमा क्रेटा ईभीको आउँदै गरेको टाटा कर्भ, सिट्रोन सी३ एयरक्रस, मारुती सुजुकी ईभीएक्स लगायतसँग प्रतिस्पर्धा हुनेछ । हुन्डाईले क्रेटा ईभी सन् २०२४ को अन्त्यसम्ममा वा २०२५ सुरूआतमा लन्च गर्नेछ ।

