बिएमडब्लु बाइकको पहिलो सर्भिस चार्जनै १४ हजार आएपछि…

टीभीएस मोटर्सको प्लान्टबाट उत्पादन गरिएको बिएमडब्ल्यू बाइकको पहिलो सर्भिसिङ खर्च ९ हजार २ सय भारतीय रुपैयाँ आएको छ । जुन नेपाली रुपैयाँ १४ हजार ७ सय २० हुन्छ । 

बिएमडब्ल्यू मोटोरार्डले जुलाई महिनाबाट बिक्री सुरुगरेको ‘जी ३१० आर’ बाइकको सर्भिसिङमा निकै ठूलो रकम आएपछि भारतीय उपभोक्ताले रोष प्रकट गर्न थालेका छन् । 

हालै एक बिएमडब्ल्यू जि ३१०आर सवारीधनीले आफ्नो बाइकको पहिलो सर्भिसिङको बिल सोसल मिडिया सेयर गरेपछि यसको फेरि आलोचना सुरु भएको छ । 

कम्पनीले आफ्नो अर्थोराइज्ड सर्भिस सेन्टरमा बाइकको सर्भिसिङ गर्दा लगाएको शुल्क यसप्रकार रहेको छ । 

बिएमडब्ल्यू रनिङ इन चेक शिर्षकमा १ हजार ७९३ भारतीय रुपैयाँ लगाइएको छ भने, बाइक क्लिनिङ शिर्षकमा १ हजार ५६९ रुपैयाँ लगाईएको छ । 

इन्जिन आयल परिर्वतन शिर्षकमा १ हजार ९९६ रुपैयाँ र चेन स्प्रे शिर्षकमा १ हजार ४ सय ६२ भारतीय रुपैयाँ लगाएको छ । चेन क्लिनिङ शिर्षकमा १ हजार १६५ रुपैयाँसहित अतिरित्त भ्याटसमेत जोड्दा एक पटकको सर्भिसिङमा जम्मा ९ हजार २०० भारतीय रुपैयाँको बिल बनेको छ । उक्त बिलको बिबरणमा उल्लेख भए अनुसार इन्जिन आयल बाहेक कुनै पार्टस परिवर्तन गरिएको छैन । 

भारतीय प्लान्टमानै उत्पादन भएको यो बाइक सार्वजनिक भएदेखिनै आलोचित बन्दै आइरहेको छ । भारतीय बजारमा यसको मूल्य २ लाख ९९ हजार रहेको छ । 


Back_to_top