काठमाडौं । चिनियाँ इलेक्ट्रीक ब्राण्ड बीवाइडीको ग्लोवल मोडल डल्फीनले ब्राजिलमा १० फरक अवार्ड जित्न सफल भएको छ । कम्पनीले बजारमा प्रबेश गर्ना साथ यो सफलता पाएको हो ।
पछिल्ला ६ महिनामा आयोजना भएका अवार्ड समारोहहरुमा डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरेको हो । ब्राजियिन म्याग्जीन अटो ईस्पोर्टले दिने ‘कार अफ द इयर-२०२४’, यूओएल कारोस अवार्ड अन्तर्गत ‘हाइलाइट अफ द इयर’ इलेक्ट्रीक विधा जितेको हो ।
त्यसैगरी ट्रेन्ड कार २०२३, ‘पर्चेज अफ द इयर २०२४’, दुई लाख रियलभन्दा कम मूल्यको बेष्ट कार, कार म्याग्जीनले दिने ‘वेष्ट इलेक्ट्रीक कार’ लगायतका विभिन्न पुरस्कार प्राप्त गरेको छ ।
ब्राजिलमा बीवाइडी डल्फिन वर्षको सबैभन्दा प्रतिक्षित गाड़ी मात्र नभएर त्यहाँको कार बजारमा नै ठूलो परिवर्तन ल्याउन सफल मोडल भएको छ । अहिलेसम्म ब्राजिलमा ५ हजार यूनिट माथि डल्फीन बिक्री भइसकेको छ । यसको पहिलो आकर्षण नै मूल्य रहेको छ ।
ब्रालिमा देखिएको डल्फीन क्रेजलाई बीवाइडीका अध्यक्ष टाइलर ली गेमचेन्जरको संज्ञा दिएका छन् । उनले भने, ‘डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेमचेन्जर मोडल हो । नवीनता र अत्याधुनिक प्रविधिले युक्त डल्फीन आफैमा पूर्ण र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ ।’
नेपालमा पनि डल्फीन मूल्यको कारण निकै चर्चामा छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले यसको मूल्य ३९ लाख ८० हजार तोकेर बिक्री गर्दै आएको छ । आधुनिक फिचर, लामो रेन्ज, हाइटेक टेक्नोलोजी जडान भएको डल्फीन नेपालमा पनि साना कारको बजारमा गेमचेन्जर बन्ने बाटोमा देखिन्छ ।


