वेलायती मोटरसाईकल निर्माता कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा नयाँ मोडल क्लासिक ३५० एबीएस गन मेटल ग्रे कलरमा सार्वजनिक गरेको छ ।
क्लासिक ३५० एबीएस गन मेटल ग्रेमा फ्रन्ट २८० एमएम डुअल पिस्टन र रियरमा २४० एमएम सिगंल पिस्टन डिस्क रहेको छ ।
बुलेट क्लासिक ३५० एबीएसको सुरक्षामा निकै ध्यान दिइएको कम्पनीले जनाएको छ ।
नयाँ क्लासिक ३५० एबिएसको शुरुवाति मूल्य पुरानोको तुलना केही बढि हुने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य १० हजार धेरै हुने जनाएको छ ।
रोयल इन्फिल्डको क्लासिक ३५० मा ३४६ सीसी क्षमताको इन्जिन दिइएको छ । जसले १९.८ वीएचपी पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ ।


