इन्डोनेसियाको बजेट एयरलायन्स ‘लायन एयर’को विमान आज विहान दुर्घटना भएको छ । राजधानी जाकार्ताबाट उडेको १३ मिनेटमै जहाज समुन्द्रमा खसेको हो ।
बोइङ कम्पनीले निर्माण गरेको अत्याधुनिक बोइङ ७३७ म्याक्स ८ जहाज के कारणले दुर्घटना भएको हो भन्ने बारेमा अहिलेसम्म आधिकारीक धारणा आएको छेन ।
सो जहाज आज सोमबार विहान ६ बजेर २० मिनेटमा उडेको थियो, जसमा चालक दलका सदस्यहरु सहित १८९ जना यात्रु सवार थिए ।

दुर्घटना स्थल पश्चिमी जावा समुन्द्रमा रहेको बताईएको छ । जहाज पूरै समुन्द्रमा छिरेको हुनाले यात्रुहरुको जीवीतै उद्दार गरिने सम्भावना कम रहेको छ । सो स्थानमा समुन्द्रको गहिराई ३० देखि ४० मिटरसम्म रहेको जनाईएको छ । समुन्द्रमाथि यात्रुहरुको समानहरु तथा जहाजका केहि अवषेशहरु तैरिरहेको देखिएको छ । सो जहाज इन्डोनेसियाकै टापु सहर प्याङकाल पिनाङकोलागि नियमित उडानमा रहेको थियो ।

विमान उडेर ५हजार फिटमाथी पुगेपछि क्रकिम रुपमा तल झरेको र ३६ सय फिटमा आइपुगेपछि संम्पर्क विच्छेद भएको जनाइएको छ ।
लायन एयरकै जहाज सन् २०१३ मा पनि इन्डोनेसियाको बालीमा ल्याण्ड गर्ने क्रममा रनवे मिस गरेर समुन्द्रमा पूगेको थियो । सो दुर्घटनामा जहाजमा सवार सबै १०८ यात्रुको सकुसल उद्दार गरिएको थियो ।


