रोयल इन्फिल्ड क्लासिक ३५० एबीएससहित गन मेटल ग्रे कलरमा

वेलायती मोटरसाईकल निर्माता कम्पनी रोयल इन्फिल्डले  भारतीय बजारमा नयाँ मोडल क्लासिक ३५० एबीएस गन मेटल ग्रे कलरमा सार्वजनिक गरेको छ  ।

क्लासिक ३५० एबीएस गन मेटल ग्रेमा फ्रन्ट २८० एमएम  डुअल पिस्टन र रियरमा २४० एमएम सिगंल पिस्टन डिस्क रहेको छ ।

बुलेट क्लासिक ३५० एबीएसको सुरक्षामा निकै ध्यान दिइएको कम्पनीले जनाएको छ ।  

नयाँ क्लासिक ३५० एबिएसको शुरुवाति मूल्य पुरानोको तुलना केही बढि हुने कम्पनीले जनाएको छ ।  कम्पनीले नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य १० हजार धेरै हुने जनाएको छ । 

रोयल इन्फिल्डको क्लासिक ३५० मा ३४६ सीसी क्षमताको इन्जिन दिइएको छ । जसले १९.८ वीएचपी पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top