काठमाडौं । टायोटाको आधिकारीक वितरक युनाईटेड ट्रेर्डस सिन्डिकेटले आफ्नो नयाँ शोरुम प्रदेश नम्बर ७ को धनगढीमा आज सोमबारबाट संचालनमा ल्याएको छ ।
बसन्त क्लासिक अटोमोवाइलको नामबाट संचालनमा आएको नयाँ शोरुमबाट ग्राहकले थ्रीएस सेवा पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
टोयोटाको अन्तर्राष्ट्रिय मापदन्ड अनुसार संचालनमा ल्याइएको उक्त शोरुमबाट टोयोटाका ग्राहकलाई उत्कृष्ट सेवादिन क्लासिक परिवार सफल हुने कम्पनीले दाबी गरेको छ ।
नेपाल उद्योग बाणिज्य संघ धनगढीका पूर्व अध्यक्ष गोपाल हमाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा शोरुम संचालकहरु तथा युनाईटेड ट्रेडर्स सिन्डिकेटका सिनियर ब्यवस्थाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युटिएसका सिनियर डाईरेक्ट कैलासराज राजभण्डारीले टोयोटाले सधै गुणस्तर र उत्कृष्ट सेवामा विश्वास राख्दै आएको बताउँदै भने ‘आज संसरमा बलियो, टिकाउ र भरपर्दो सेवामा टोयोटले आफ्नो छुट्टै पहिचान बनाएको छ । फलतः आज संसारमै टोयोटाको ब्रान्ड भ्यालु अन्य अटोमोवाइल कम्पनीको तुलनामा धेरै माथि रहेको छ ।’
नेपाली बजारमा ५० वर्ष पुरा गरिसकेको टोयोटाल नयाँ डिलर नेटवर्क निर्माणलाई जोडदिदै हरेक प्रदेशमा आफ्नो सेवा बिस्तार गर्दै लगिरहेको छ ।

