३६० डिग्री क्यामरा छैन रे !

काठमाडौं । सबैकोण एक साथ देखाउने क्षमता भएको ३६० डिग्री क्यामेरा अहिले गाडीमा सबैभन्दा चल्तीको फिचर हो । कुनै समय रिभर्स क्यामेरा छ वा छैन भन्नेहरु अहिले ३६० डिग्री क्यामेरा छैन ? भन्ने अवस्था आएको छ ।

अहिले बजारमा आउने लाइट कमर्शियल गाडीमै रिभर्स क्यामेरा पाइन्छ । इन्ट्री लेभल ह्याचव्याकदेखि नै रिभर्स क्यामेरा र सेन्सर आउन थाले । केही मोडलमा इनब्यूल्ट ड्यासक्याम पनि पाइन्छ । तर, अझैपनि भारतमा उत्पादन हुने कारमा ३६० डिग्री क्यामेरा ठूलै फिचर मानिन्छ । त्यसको ठिक विपरित चिनियाँ गाडीमा ३६० डिग्री क्यामेरा सामान्य हुन थालेको छ ।

रियर पार्किङ क्यामेराले गाडीको पछाडिको दृष्य मात्र देखाउँछ । प्रविधिको विकाससँगै गाडीको चारैतर्फ ३६० डिग्री हेर्न मिल्ने क्यामेरा प्रयोगमा आएको हो । यो प्रविधिमा कारको अगाडि-पछाडि तथा दाँया र वायाँ सबै तिर क्यामरा प्रयोग भएको हुन्छ ।

त्यहि क्यामेराहरुको सहयोगमा कार भित्रै बसेर चारै तिरको दृष्य लाइभ हेर्न सकिन्छ । नेपाल जस्तो ट्राफिक धेरै हुने र दाँया-वाँया दुबै तिरबाट ओभरटेक गर्ने बाटाको लागि ३६० डिग्री क्यामेरा निकै उपयोगी मानिन्छ ।

यो प्रविधिमा ४ वा ६ वटा क्यामराको प्रयोग गरिएको हुन्छ । चालकले फरक फरक क्यामराको वा संयुक्त दृष्य एकै पटक स्कृनमा हेर्न सक्छ । कतिपय गाडीमा टर्न लाइट बाल्ने बित्तिकै सोहि दिशाको लाइभ फुटेज देखाउने हुन्छ । त्यहि कारण आफु जान चाहेको बाटोमा के–कस्तो छ । चालकले इन्ट्रुमेन्ट क्लस्टरमै देख्न सक्छन् ।

गाडीमा प्रयोग हुने ३६० डिग्री क्यामेराले गल्तीहरु कम गर्न, पैदल यात्रुको सुरक्षा बढाउन, सहज तरिकाले सानो स्थानमा पार्किङ गर्न तथा टर्न गर्न सहयोग गर्छ ।

नेपालमा उपलब्ध ४० लाख रुपैयाँ हाराहारी कै मूल्यबाट कारमा ३६० डिग्री क्यामेरा पाउन सकिन्छ । विशेषत पछिल्लो समय आएका विद्युतीय कारमा यसको प्रयोग भएको छ । बीवाइडीको डल्फिन, निसान म्याग्नाइट, जीडब्लुएम ओरा ०३,  एमजी जेडएस ईभी, एमजी–४, सेरेस थ्री, मारुती सुजुकी ब्रेजा, मारुती सुजुकी फ्रङ्क्स, आयोनीक-५ जस्ता कारमा यो सुविधा उपलब्ध छ ।


Back_to_top