केही दिनमै ग्राहकलाई दिँदै एमजी-४, थप सरप्राइज आउन सक्ने

काठमाडौं । पारामाउन्ट मोटर्सले नाडा अटो शो २०२३ मा बुकिङ लिएको ४१ लाख ४९ मूल्यको एमजी-४ यहि साताबाट ग्राहकलाई हस्तान्त्रण सुरु गर्ने भएको छ । कम्पनीले यसको टप भेरियन्ट भने यसअघि नै ग्राहकलाई दिएको थियो ।

एमजी-४ को कम्र्फट र लक्जरी भेरियन्ट गरी दुई फरक मूल्य र फिचरको साथ नेपाली बजारमा बुकिङ सुरु भएको थियो । कम्र्फट भेरियन्टमा ९९ किलोवाट आवरको मोटर रहने भएको कारण आउन ढिला भएको थियो ।

यसअघि ल्याएर ग्राहकलाई दिइरहेको लक्जरी भेरियन्टमा भने १५० किलोवाट आवरको मोटर रहेको छ ।

एमजी-४ कम्र्फटमा ५१ किलोवाट आवर र लक्जरीमा ६४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । त्यसैले मूल्य पनि कम्र्फट भेरियन्टको ४१ लाख ४९ हजार र लक्जरी भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

कम्पनीका अनुसार कम्र्फटले एकपटकको फुलचार्जमा ३५० किलोमिटर र लक्जरी भेरियन्टमा भएको ब्याट्रीप्याकले ४३५ किलोमिटर रेन्ज दिन्छ । यो कारको टप स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

स्पोर्टी लुक्स रहेको एमजी-४ को डिजाइन निकै आकर्षक छ । यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलइडी टेल ल्याम्प रहेको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

यो कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, टप भेरियन्टमा वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।

थप सरप्राइज आउन सक्ने

कम्पनीले टप भेरियन्टमा थप सरप्राइज दिन सक्ने यसअघि नै चर्चा भएको थियो । तर, त्यो केहो भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक जानकारी गराएको छैन । त्यसको लागि भने अझै केही दिन कुर्नु पर्ने हुन्छ ।


Back_to_top