हुन्डाईले बनायो ‘भर्टिकल टेकअफ’ हुने प्लेन

काठमाडौं । हुन्डाई मोटर ग्रुपको एड्भान्स एयर मोविलीटी कम्पनीले भर्टिकल टेकअफ र ल्याण्डिङ क्षमता भएको इलेक्ट्रीक प्लेनको कन्सेप्ट देखाएको छ ।

अमेरिकाको लस भेगासमा मंगलबारबाट सुरु भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा कम्पनीले उक्त भेहिकल देखाएको हो ।

‘एस ए-२’ कोड नाम दिएको उक्त जहाजमा पाइलट बाहेक चार जना यात्रु चढ्न सक्नेछन् । यो भेहिकल ४५० मिटरको उचाईमा प्रतिघण्टा १९० किलोमिटरको स्पीडमा उड्न सक्छ । सुरुवाति चरणमा यो भेहिकलमा ४० देखि ७० किलोमिटर सम्मको दूरी पार गर्न सकिने कम्पनीले जनाएको छ ।

यो भेहिकलमा ८ वटा रोटर रहेको छ । एकदमै कम आवाज आउने यो भेहिकलबाट टेकअफ र ल्याण्डिङमा जम्मा ६५ डीबीको आवाज निक्लन्छ । उचाई लिएपछि क्रुज गर्दा उक्त आवाज घटेर ४५ डीबीमा झर्छ ।


Back_to_top