काठमाडौं बाहिर एक साथ ४ स्थानमा टाटाको फन कार्निभल

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्गले काठमाडौं उपत्यका बाहिर ४ स्थानमा ‘फन कार्निभल ३.०’ आयोजना गर्ने भएको छ । कम्पनीले भोलि पुस २७ गते शुक्रबारदेखि २९ गते आइतवारसम्म फन कार्निभल आयोजना गर्ने भएको हो ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

कम्पनीले उपत्यका बाहिरको अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंजमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, ईभीलाई निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रीक स्कुटर प्राप्त गर्नेछन् ।

यस कार्निभलको मुख्य उद्देश्य आफ्ना ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति प्रदान गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स दिनु भएको कम्पनीले जनाएको छ । यस कार्यक्रमको दौरान नयाँ उत्पादन अवलोकन र टेष्ट ड्राइभ गर्ने ब्यस्था कम्पनीले मिलाएको छ ।


Back_to_top