जिहोको नयाँ स्कुटर बुकिङ खुल्ला, मूल्य निकै आकर्षक

काठमाडौं । जिहोको नयाँ स्कुटर नेपाल आउने भएको छ । कम्पनीले ‘जिहो एई-६ प्लस’ प्रिमियम स्कुटरको बुकिङ खुल्ला गरेको हो ।

सीएफ मोटोको आधिकारिक वितरक अन्ना इन्टरनेशनलले जिहो एई ६ प्लस नेपाल ल्याएको हो । कम्पनीले यसको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो ।

‘जिहो एई-६ प्लस’ खरिद गर्न चाहने ग्राहकले नक्साल स्थित शोरुममा गएर बुकिङ गर्न सक्नेछन् । ग्राहकले २० हजार रुपैयाँ बुझाएर एई-६ बुकिङ गर्न सक्नेछन् ।

बुकिङ्ग गर्ने पहिलो ३० जना ग्राहकले १५ हजार नगद छुट पाउने कम्पनीले जनाएको छ । चिनियाँ कम्पनी जिहोको उत्पादन एई-६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो ।

यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।

कम्पनीले नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको एई-६ स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर रहेको छ ।

यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।


Back_to_top