काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकलको बजार चीन बनेको छ । चीनमा सन् २०२३ मा बीवाइडीले अघिल्ला वर्षको भन्दा ५० प्रतिशत बढी न्यू इनर्जी भेहिकलको बिक्री गरेको हो ।
यति ठूलो बजारमा प्रतिस्पर्धा पनि निकै बढ्दै गएको छ । तर, टेस्ला बाहेक अन्य सबै न्यू इनर्जी भेहिकल चीनमा बिक्री गर्ने त्यहिका अटोमोवाइल कम्पनी हुन् ।
चिनियाँ बजारमा सबैभन्दा बढी कार बिक्री गरेको बीवाइडीले सन् २०२३ मा २७ लाख ६ हजार ७५ यूनीट न्यू इनर्जी भेहिकल बिक्री गर्न सफल भएको थियो । कम्पनीले सन् २०२२ मा १७ लाख ९९ हजार ९४७ यूनीट गाडि बिक्री गरेको थियो ।
दोस्रो धेरै संख्यामा इलेक्ट्रीक कार बेच्ने कम्पनी अमेरिकी ब्राण्ड टेस्ला हो । टेस्लाले सन् २०२३ मा ६ लाख ३ हजार ६६४ यूनीट विद्युतीय कार चीनमा बिक्री गरेको हो । टेस्लाले पनि आफ्नो बिक्री ३७.३ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष कम्पनीले ४ लाख ३९ हजार ७७० यूनिट कार चीनमा बेचेको थियो ।
यी दुई ठूला कम्पनीको बिक्री कुल न्यू इनर्जी भेहिकलको ३७.३ प्रतिशत बीवाइडी र ७.८ प्रतिशत टेस्लाले ओगटेको छ । चीनमा ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड र फ्यूलसेल सबै प्रकारका साधन न्यू इनर्जी भेहिकलमा गणना हुन्छन् । बीवइडीको बिक्रीमा करिब ५० प्रतिशत हिस्सा प्लगइन हाइब्रिड छ भने टेस्लाको सबै कार प्योर इलेक्ट्रीक हुन् ।
चीनमा तेस्रो धेरै न्यू इनर्जी भेहिकल बिक्री जीएसी एवोन भएको छ । जीएसी एवोनले सन् २०२३ मा ४ लाख ८३ हजार ६३२ यूनीट कार बिक्री गरेको छ । चौथोमा ४ लाख १५ हजार ४२७ यूनिट उलिङले बिक्री गरेको छ ।
पाँचौमा नियोले १ लाख ६० हजार ३८ यूनिट बिक्री गरेको छ । छैठौं स्थानमा फक्सवागेनले मोटरले १ लाख ५५ हजार ५१९ यूनिट बिक्री गरेको छ । त्यस्तै साताै नम्बरमा धेरै इभी बेच्ने कम्पनी चांगान रहेकाे छ । चांगानले सन् २०२३ मा १ लाख ४६ हजार ४३ वटा इभी बिक्री गरेकाे हाे ।

