काठमाडौं । सेरेसको पछिल्लो प्रिमियम फिचरले भरिपूर्ण एसयूभीले अहिले अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाउन थालेको छ । निकै फ्यूचरस्टिक डिजाइनमा तयार भएको सेरेस-५ को सबैभन्दा बलियो पक्ष पावर र फिचर हो ।
कुप्पे डिजाइनमा बनेको सेरेस-५ निकै स्पोर्टी र एरोडाइनामिक्स देखिन्छ । निकै स्मार्ट तरिकाले दिइएको टेल लाइट र हेडलाइटको कारण यसको लुक्स उत्कृष्ट देखिन्छ । त्यसैले त कम्पनीले नेचर र मानव जीवनसँग यसको तुलना गरेको छ ।

सेरेसले नयाँ कुप्पे क्रसओभर मोडलमा लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम दिएको छ । त्यसमा ट्राफिक जाम एसिस्टेन्स, फर्वाड कोलिजन वार्निङ, अटोनोमश इमर्जेन्सी ब्रेकिङ सिस्टम, ब्लाइन्ड एरिया मोनिटरिङ, हिल स्टार्ट र हिल डिसेन्ट कन्ट्रोल, एडप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।
सेरेस-५ को लम्बाई ४७०० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम रहेको छ । यसमा २८७५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । कम्पनीले यसलाई फ्रन्ट ह्वील, रियर ह्वील र फोर ह्वील ड्राइभ सिस्टममा ल्याएको छ । यी सबै सिस्टममा २२० देखि ४३० किलोवाट क्षमताको मोटर जडान भएको छ ।

कम्पनीले निकै ठूलो ८८ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धिले सेरेसका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सेरेस-५ नेपाल ल्याउने विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी नदिएपनि निकै उत्कृष्ट डिजाइन र फिचर भएको मोडल भएकै कारण निकट भविष्यमा नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

