होण्डाले ५०० सीसी एड्भेन्चर टूरर सार्वजनिक गर्दै

काठमाडौं । २०२३ इक्मा अटो शोमा सार्वजनिक भएको होण्डा एनएक्स ५०० भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीले ५०० एड्भेन्चर टूरर मोटरसाइकलको भारतमा सार्वजनिक गर्ने भएको हो ।

होण्डा इन्डियाले प्रि-बुकिङ खुलाएर मोटरसाइकल सार्वजनिक गर्ने जानकारी दिएको हो ।

होण्डा एनएक्स ५०० मा सीबी ५०० एक्सकै ४७१ प्यारलल् ट्वीन इन्जिन रहेको छ । यसले ४७.५ हर्सपावर तथा ४३ एनएम टर्क जेनेरेट गर्छ ।

यसको फ्रन्टमा ट्वीन डिस्क ब्रेक उपलब्ध छ भने डबल च्यानल एबीएस रहेको छ । त्यस्तै यसमा ५ इन्च टीएफटी स्क्रीन दिइएको छ ।

होण्डा एनएक्स ५०० को मूल्य सीबी ५०० एक्सकै समान ५ लाख ८० हाराहारीमा हुने अनुमान गरिएको छ । कम्पनीले रातो र कालो गरी दुई रङमा मोटरसाइकल उपलब्ध गराउने छ ।


Back_to_top