आयो कारलाई एकै स्थानमा ३६० डिग्री घुमाउने प्रविधि

काठमाडौं । कारको चारैतिरको अवस्था बुझ्न ३६० डिग्री क्यामेराको आविष्कार भएको थियो । अब कारलाई सानो स्थानमा सहजै घुमाउन होस् वा पार्क गर्न मिल्ने ३६० डिग्री ट्याङ्क टर्न प्रविधिको आविष्कार भएको हो ।

चिनियाँ ‘न्यू इनर्जी’ भेहिकल उत्पादक बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङले यू-८ मोडलमा ३६० डीग्री ट्याङ्क टर्न प्रविधि देखाएको थियो । बीवाइडीले याङवाङ यू-८ को चारै चक्कामा छुट्टा छुट्टै इलेक्ट्रीक मोटर दिएकाले यस्तो टर्न सम्भव भएको हो ।

नयाँ प्रविधिमा गाडीको चक्कालाई स्टेरिङको सहायताले टर्न गर्न पर्दैन । चारवटै चक्काको फरक फरक स्पीड र फरक फरक दिशामा घुमाउन सकिने भएको कारण सम्भव भएको हो ।

यस्तै खालको प्रविधि प्रयोग गरेर ‘हुन्डाई मोवीस’ले आयोनीक-५ इलेक्ट्रीक भेहिकल पनि सार्वजनिक गरेको छ । हुन्डाईले यसको नाम ‘ई-कर्नर सिस्टम’ राखेको छ ।

ई-कर्नर सिस्टममा गाडीको चक्का ९० डिग्री टर्न गराउन सकिन्छ । हुन्डाईले पनि आयोनीक ५ दिएको ई-कर्नरिङ सिस्टममा पनि चारै चक्कामा इन्डीपेन्डेन्ड इलेक्ट्रीक मोटर, स्टेरिङ मोटर, सस्पेन्सन र ब्रेक दिइएको छ ।

यसमा प्रत्येक ह्वील स्टीर बाई वायर सिस्टमले टर्न गर्छ । जसले गर्दा चाहेको दिशामा गाडी गुडाउन सकिन्छ । हुन्डाईको ई-कर्नरिङ सिस्टम अहिलेसम्म परिक्षणकै क्रममा रहेको छ ।

त्यस्तै हालै मात्र जर्मन कार कम्पनी मर्शिडिज बेन्जले आफ्नो नयाँ इलेक्ट्रीक जिक्लासमा पनि ३६० डिग्री ट्याङ टर्न फिचर देखाएको छ । कम्पनीले यो फिचरलाई ‘जी टर्न’ नाम दिएको हो ।

कम्पनीले ४ वटा इक्यूजी प्रोटोटाइपमा उक्त सिस्टम दिएको हो । कम्पनीले याे प्रविधिकाे  लस भेगासको बाटोमा शाेकेस गरेकाे हाे  । मर्सिडिजको ‘जी टर्न’मा प्रिसाइज इन्जिनियरिङ र एआई सेन्सरले काम गरेको हो । यसको मेकानीजम पनि बीवाइडी याङवाङको जस्तै दुई साइडको ह्वीललाई फरक दिशामा गुडाएर भएको हो । यसको ह्वीललाई पनि दाँया वा बाँया घुमाउनु पर्दैन ।

अटोमोवाइल क्षेत्रमा इलेक्ट्रीक भेहिकलमा भइरहेको अनुषन्धान र खोजकै कारण गाडीको ट्याङ्क टर्न सम्भव भएको हो । पेट्रोल कारमा यो सम्भव छैन । यसको लागि चारवटै चक्कामा छुट्टाछुटै् मोटर हुन जरुरी हुन्छ ।


Back_to_top