तीन नयाँ इलेक्ट्रीक एसयूभी तयार गर्दै महिन्द्रा, बाहिर आयो बीई-०५

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले भारतमा विद्युतीय एसयूभी ल्याउन तिब्र तयारी गरिरहेको छ । कम्पनीले ई-८, ई-९ र बीई-०५ मोडलको तयारी एकसाथ गरिरहेको हो ।

पछिल्लो पटक महिन्द्राले काम गरिरहेको बीई-०५ को तस्विर सार्वजनिक भएसँगै तीन ठूला एसयूभीको तयारी तिब्र भइरहेको प्रस्ट भएको हो । कम्पनीले ल्याउने ई-८ र ई-९ मोडलसँगै बीई-०५ पनि ठूलो एसयूभी हुनेछ ।

बीई-०५ को प्याटेन्ट इमेजमा देखिए अनुसार नयाँ मोडल निकै सार्प लुक्समा उपलब्ध हुनेछ । यसमा स्लोपी फ्रन्ट विण्ड सिल्ड, मल्टिपल कट्ससहितको एङ्गुलर स्टाइल बडी र पानारोमिक ग्लास रुफ तथा कनेक्टेड एलइडी लाइटबार रहने छ ।

महिन्द्राको बीई-०५ टु ह्वील र फोर ह्वील दुबै अप्सनमा उपलब्ध गराउने छ । टु ह्वील ड्राइभ भर्सनमा २१० किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिइने छ । यसको टर्क ५३५ न्यूटन मिटर हुन्छ ।

त्यस्तै यो ईभीको फोर ह्वील ड्राइभ भेरियन्टमा फ्रन्टमा थप ८० किलोवाटको मोटर रहने छ । यसको संयुक्त पीकपावर २९० किलोवाट हुनेछ ।

महिन्द्राले बीई-०५ मा ७९ किलोवाट आवरको एलएफपी ब्याट्री दिनेछ । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा ० वाट ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्नेछ ।

महिन्द्राको बीई-०५ आउँदै गरेको महिन्द्राको एक्सयूभी ३०० ईभी र हालै अपडेट भएको एक्सयूभी ४०० भन्दा माथि रहने छ ।


Back_to_top